असार १४ को चुनाव सारेर संविधान संशोधन गर्न राजपाको माग



काठमाडौँ/ राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारेर भएपनि संविधान संसोधन गरी अगाडि बढ्न सत्तापक्षलाई दबाब दिएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार डाकेको सत्तापक्षका नेताहरुसँगको बैठकमा मधेसी मोर्चाको प्रमुख घटक राजपाले संविधान संशोधनलाई आफ्नो बटम लाइन बनाएर स्थानीय तह निर्वाचनमा सहभागी हुन आनाकानी गरेको हो।

कांग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँगको बैठकमा चुनावको मिति सारेर संविधान संसोधन गर्नुपर्ने माग राजपाका नेताहरुले गरेका हुन्।

सरकारले समय कम भएको भन्दै चुनावपछि मात्रै संविधान संसोधन गरिने प्रतिवद्धता जनाउदै स्थानीय तहको चुनावमा सहभागी हुन आव्हान गरेपछि राजपाका नेताहरुले मिति सारेर भएपनि आफ्ना माग सम्बोधन गर्न सत्तापक्षलाई दबाब दिएका थिए।

सधै लिखित प्रतिवद्धताले मात्रै नहुने भन्दै नेताहरुले सहमति कार्यान्वयन गर्न सरकार र सत्तासाझेदार दलका नेतासँग अग्रह गरेका थिए।

बैठकपछि संचाकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीेले प्रतिवद्धताले मात्रै नहुने भन्दै संविधान संसोधन लगायत राजनीतिक सवालको सम्बोधन नभई चुनावमा सहभागी हुन नसकिने धारणा आफूहरुले राखेको बताए।

राजपाले संविधान संसोधन, स्थानीय तहको संख्या वृद्धि लगायतका मागलाई चुनावको बटम लाईन बनाएपछि दोस्रो चरणमा हुने निर्वाचनमा राजपा कतै सहभागी नहुने त होइन भन्ने आशंका सत्तापक्षमा उठेको छ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपा नेताहरुसंगको छलफलले निर्वाचनमा उनीहरुको सहभागीता रहने संभावनाको संकेत नदिएको बताए।

मिति सारेर संविधान संसोधन गरेपछिमात्रै चुनावमा सहभागी हुन सकिन्छ भन्ने राजपाका नेताहरुले राखेको र आफूहरुले अहिलेको परिस्थितीमा संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने माग पुरा गर्न नसकिने जानकारी आफुहरुले दिएको श्रेष्ठले बताए।

यसअघि शुक्रबारको संसद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले अहिलेको परिस्थितीमा संविधान संशोधन विधेयक संसदबाट पारित गर्न सकिने वातावरण नरहेको भन्दै सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन पछि परिस्थिती मिलाएर विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्दै मोर्चालाई निर्वाचनमा भाग लिन आग्रह गरेका थिए।

दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि संविधान संसोधन लगायतका माग सम्बोधन गर्ने प्रस्तावमा सहमति जनाउदै प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गरेको राजपाले फेरि अडान फेर्दै संविधान संसोधनलाई आफ्नो बटम लाईन बनाएपछि समस्या उत्पन्न भएको हो।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, नेताहरु विमलेन्द्र निधी, कृष्ण प्रसाद सिटौला, माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा सहभागी थिए।

त्यसैगरी राजपाको अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, महेन्द्र राय यादव सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्