नेपालीलाई खुलेआम जुवा खेलाउँदै विनय शाह



हाम्रो इकोनोमि

-नेपोलियन चेपाङ

काठमाडौँ । क्यासिनो प्राइडका सञ्चालक विनय शाह खुलेआम नेपालीलाई जुवा खेलाइरहेका छन् । चिनियाँ लगानीमा सञ्चालित क्यासिनो प्राइड आफ्नै लगानीको भन्दै सञ्चालक शाहले नेपालीलाई जुवा खेलाउने गरेका हुन् । उनी क्यासिनोमा नेपालीलाई जुवा खेलाउने काममा माहिर छन् ।

क्यासिनोमा विदेशी आउन कम भएपछि शाहले नेपालीका लागि पनि चोरबाटो प्रयोग गरेर जुवा खेलाउन थालेका हुन । नेपाली ग्राहकबाटै शाहको कारोबार मालामाल भएको एक कर्मचारीले हाम्रो इकोनोमीलाई बताए । बौद्धस्थित होटल हायातमा क्यासिनो प्राइड शाहले सञ्चालन गरेका हुन् । केही समय अघिदेखि शाहले क्यासिनो नेपालीका लागि पनि खुला गरेका हुन् । नेपालीलाई क्यासिनो प्रवेशमा पूर्ण निषेध भए पनि क्यासिनो प्राइडले विभिन्न बहानामा जुवा घरभित्र नेपाली ग्राहक छिराएर जुवाखेलमा सरिक गराउने गरेको सूचना प्रहरी प्रशासनसम्म पनि नपुगेको होइन ।

क्यासिनो प्राइडमा विशेष गरी मंगोलियन अनुहारका नेपालीलाई तिब्बतका नागरिक बनाएर क्यासिनो प्रवेश गराएर जुवाअड्डा चलाउने काम शाहले गर्दै आएका हुन् । शाहको क्यासिनोमा केही नेपाली चैँ भारतको सिक्किमबाट आएको भन्दै नक्कली नक्कली भारतीय रासन कार्ड देखाएर पनि प्रवेश गर्ने गरेका छन् । नेपालीलाई प्रवेश निषेध क्यासिनोमा शाहले भने तिब्बती र भारतीय बनाएर नेपालीलाई नै प्रवेशको बाटो खुला गरेर नेपालीलाई जूवा खेलाएर कमाउ धन्दा चलाएका छन् ।

शाहको क्यासिनामो जुवा खेलेर कयौँ व्यापारीको घरबार नै सकिएको छ । ‘पैसा भएको थाहा पाउने बित्तिकै शाह बिभिन्न बहानामा क्यासिनो प्रवेश गराउँछन् र जुवाखेलमा सरिक गराउँछन्,’ एक पीडितले भने, ‘पैसा भइन्जेल फोन गरेर नै शाहले बोलाउँछन्, पैसा सकिएपछि निचोरिएको निबुवा ठानेर वास्तै गर्दैनन् ।’ बौद्धमै क्यासिनोमा नेपालीलाई प्रवेश र जुवा अड्डामा झोसेर जोगी बनाउने काम भइरहँदा नजिकै रहेका प्रहरी वृत्त र काठमाडौँ प्रहरी प्रशासन मौन देखिनु अर्को शंकाको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...