नेपालीलाई खुलेआम जुवा खेलाउँदै विनय शाह



-नेपोलियन चेपाङ

काठमाडौँ । क्यासिनो प्राइडका सञ्चालक विनय शाह खुलेआम नेपालीलाई जुवा खेलाइरहेका छन् । चिनियाँ लगानीमा सञ्चालित क्यासिनो प्राइड आफ्नै लगानीको भन्दै सञ्चालक शाहले नेपालीलाई जुवा खेलाउने गरेका हुन् । उनी क्यासिनोमा नेपालीलाई जुवा खेलाउने काममा माहिर छन् ।

क्यासिनोमा विदेशी आउन कम भएपछि शाहले नेपालीका लागि पनि चोरबाटो प्रयोग गरेर जुवा खेलाउन थालेका हुन । नेपाली ग्राहकबाटै शाहको कारोबार मालामाल भएको एक कर्मचारीले हाम्रो इकोनोमीलाई बताए । बौद्धस्थित होटल हायातमा क्यासिनो प्राइड शाहले सञ्चालन गरेका हुन् । केही समय अघिदेखि शाहले क्यासिनो नेपालीका लागि पनि खुला गरेका हुन् । नेपालीलाई क्यासिनो प्रवेशमा पूर्ण निषेध भए पनि क्यासिनो प्राइडले विभिन्न बहानामा जुवा घरभित्र नेपाली ग्राहक छिराएर जुवाखेलमा सरिक गराउने गरेको सूचना प्रहरी प्रशासनसम्म पनि नपुगेको होइन ।

क्यासिनो प्राइडमा विशेष गरी मंगोलियन अनुहारका नेपालीलाई तिब्बतका नागरिक बनाएर क्यासिनो प्रवेश गराएर जुवाअड्डा चलाउने काम शाहले गर्दै आएका हुन् । शाहको क्यासिनोमा केही नेपाली चैँ भारतको सिक्किमबाट आएको भन्दै नक्कली नक्कली भारतीय रासन कार्ड देखाएर पनि प्रवेश गर्ने गरेका छन् । नेपालीलाई प्रवेश निषेध क्यासिनोमा शाहले भने तिब्बती र भारतीय बनाएर नेपालीलाई नै प्रवेशको बाटो खुला गरेर नेपालीलाई जूवा खेलाएर कमाउ धन्दा चलाएका छन् ।

शाहको क्यासिनामो जुवा खेलेर कयौँ व्यापारीको घरबार नै सकिएको छ । ‘पैसा भएको थाहा पाउने बित्तिकै शाह बिभिन्न बहानामा क्यासिनो प्रवेश गराउँछन् र जुवाखेलमा सरिक गराउँछन्,’ एक पीडितले भने, ‘पैसा भइन्जेल फोन गरेर नै शाहले बोलाउँछन्, पैसा सकिएपछि निचोरिएको निबुवा ठानेर वास्तै गर्दैनन् ।’ बौद्धमै क्यासिनोमा नेपालीलाई प्रवेश र जुवा अड्डामा झोसेर जोगी बनाउने काम भइरहँदा नजिकै रहेका प्रहरी वृत्त र काठमाडौँ प्रहरी प्रशासन मौन देखिनु अर्को शंकाको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल एयरलायन्सको एयरबस ३२० ग्राउण्डेड

    नेपाल वायु सेवा निगमका लागि नयाँ जहाज किन्न नागरिक उड्डयन मन्त्री

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीको नेकपा एस एमालेमा फर्किए

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा

हाम्रो अभियानले अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँछ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले आजबाट थालेको अभियानले सरकारी

समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा : शंकर पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा