राजपा फकाऊन देउवा र प्रचण्ड सक्रिय, आजै सिहंदरबारमा वार्ता



काठमाडौँ/ दोस्रो चरणको स्थानीय तह निर्वाचन असन्तुष्ट मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पाटीलाई सहभागी गराउने विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजपाका नेताहरुसँग आज बैठक गर्ने भएका छन्।

सत्तासाझेदार दलका दुई नेताबीच शनिबार  प्रधानमन्त्री कार्यालय सिहंदरबारमा  असन्तुष्ट राजपाका नेताहरुसँग बैठक गर्ने तयारी भएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमिल्सिनाले बताए।

संविधान संशोधन विधेयक पारितसँगै अन्य आफूहरुले उठाउँदै आएका मागहरु सम्बोधन नगरी दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने अडान लिदै आएको राजपालाई के कसरी मनाएर असार १४ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्नेबारे उनीहरुबीच गम्भिर वार्ता हुने बताइएको छ।

संविधानका विवादित विषयमा संशोधनको मागसहित स्थानीय तहको संख्या बृद्धि जस्ता माग सत्तारुढ दल र सरकारसँग राख्दै आएको राजपाले आफ्नो माग सम्बोधन नभए निर्वाचनमा सहभागी हुन नसक्ने धम्की दिँदै आएको छ।

राजपाकै आग्रहमा सत्तारुढ कांग्रेस र माओवादी गठबन्धनको सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधन गर्नेदेखि स्थानीय तह निर्वाचनलाई दुई चरणमा गर्नेगरी दोस्रो चरणको निर्वाचन मिति तीन पटक परिवर्तन गरिसकेको छ।

यसअतिरिक्त कांग्रेस र माओवादी गठबन्धनमा दाहाल नेतृत्वको सरकारले मधेसी, थारु लगायतको माग सम्बोधन गर्न संविधान संशोधनको विधेयक संसदमा दर्ता गराएर पारित गराउने तयारी गरेको थियो। तर सत्तासाझेदार दल राप्रपाभित्रको विवादका कारण उक्त विधेयक वैशाख १७ गतेदेखि संसदमा थाती रहेको छ।

यसैगरी सरकारले मधेसी मोर्चाको माग बमोजिम तराई मधेका विभिन्न जिल्लामा २२ स्थानीय तहको संख्या बढाउन गरेको निर्णय सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाइदिएपछि सरकारलाई अप्ठ्यारो परेको छ भने राजपा अदालतसँग पनि आक्रोसित भएको छ।

संसद र अदालतबाट उत्पन्न जटिल परिस्थितीका बाबजूद राजपाले आफ्ना माग सम्बोधन नभए निर्वाचन जान नसक्ने अडान लिँदै आएको छ। राजपालाई निर्वाचनमा सहभागी गराउन कसरी मनाउन सकिन्छ भन्ने विषयमा आज प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले पहल गर्ने सहमति बमोजिम राजपा नेतासँग आजको बैठक तय भएको हो।

यसअघि शुक्रबार साँझ पनि प्रधानमन्त्री देउवाले दाहालसँग लाजिम्पाटस्थित दाहाल निवासमा भेटगरी राजपालाई निर्वाचनमा सहभागी गराउन सक्दो प्रयास गर्ने सहमति भएको थियो।

देउवा र दहालबीच मन्त्रिमण्डल विस्तारबारे पनि छलफल हुने।

उक्त भेटवार्तामा नवगठित कांग्रेस माओवादी गठबन्धन सरकारका प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्रीबीच मन्त्रिमण्डलको विस्तारको विषयमा सामान्य छलफल भएको र आज पनि दुई नेताबीच यसबारे थप छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै देउवाले बुधबार पद तथा गोपनियताको सपथ लिनुअघि दुई दलबीचको सहमतिमा कांग्रेस र माओवादीका तीन तीन जना र फोरम लोकतान्त्रिकका एक जना गरी जम्मा ८ जनाको मन्त्रिमण्डल गठन गरेका थिए।

दोस्रो चरणको स्थानीय तह निर्वाचन अगाडि सानो आकारमा मन्त्रिमण्डल गठनको तयारीमा प्रधानमन्त्री देउवा रहेका थिए। तर पछिल्लो समयमा आफ्नै दलभित्र समानान्तर समूह खडा गर्दै भागवण्डा खोजिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र माओवादीभित्रबाट मन्त्री पदका आकांक्षीहरुलाई सरकारमा तत्काल समेट्न दबाब परेपछि देउवाले यसबारे सत्तासाझेदार दलका नेता दाहालसँग परामर्श लिन बैठकको तय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने