गणतन्त्रका अभागी बाबुको पीडाः जेठा छोरालाई हालुँ कि कान्छो छोरालाई भोट ?



हाम्रो इकोनोमि

काठमाडौँ । कहिलेकहीँ आफ्नै सन्तानका कारण अभिभावकलाई लिखबन्दमा पर्नु पर्छ । यस्तै भएको बैतडी, डिलाशैनी–१ का ६८ वर्षीय जञ्जाली रानालाई पनि ।

उसो त उनका छोराहरुले कुनै उधूम अपराध गरेर, दुःख दिएर बाबुलाई सकसमा पारेका होइनन् । तर कहिलेकहीँ एउटा निर्णयमा छोराको मन दुख्ला भनेर चिन्ता गर्नु पर्ने अवस्था आउँदा जञ्जाली राना मगर गतिलो उदारहण हुने भएका छन् । असार १४ गते हुने स्थानीय तह निर्वाचनमा २० वर्षपछि भोट हाल्न पाउँदा ६८ वर्षीय जञ्जाली कम्ता खुशी थिएनन् ।

तर, जब भोट हाल्ने बेलामा उनका दुई छोरा उम्मेदवार एउटै पदमा उठे, त्यसपछि जञ्जालीलाई भोट हाल्न पनि मन छैन । जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार भएका छन् । त्यहीँ कान्छा छोरा लोकेन्द्र राना (शीतल) नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेपछि जञ्जाली राना मगरलाई भोट हाल्ने जाँगर मरेको हो । भन्छन्, ‘मिल्ने भए दुवै छोरालाई भोट हाल्थेँ, अब कसलाई पो दिउँ ? ’

कुन चैँ छोरालाई मत दिने मात्र होइन, प्रचारमा कुन चैँ छोराको लागि हिँडौ भनेरसमेत जञ्जालीले सोच्न सकेका छैनन् ।

जञ्जाली मात्र होइनन्। डिलाशैनीका स्थानीयसमेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...