चलचित्र ‘रातो घर’ हेरे ओलीले



हाम्रो इकोनोमि

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चलचित्र रातो घर हेर्न बिग मुभिज पुगे । चलचित्र हेरेर बाहिरीने क्रममा चलचित्रका बारेमा बोल्दै ओलीले रातो घर निकै कमेडियन र रमाइलो रहेको बताए । छेउमा उभिएका रातोघरका अभिनेता तक्मेतर्फ हेर्दै ओलीले रातोघरको झकमले भन्दा तक्मेबुढा कै भूमिकाले आफ्नो मन जितेको प्रतिक्रया दिएका थिए ।

उनले रातो घर जस्ता उत्कृष्ट चलचित्रले नेपालीलाई स्वदेशी चलचित्र हेर्ने बानीको विकास गराउने बताए । राम्रो र समसामायिक कथाबस्तु समेटेर निर्माण भएका चलचित्रले दर्शकको मन जित्ने समेत उनको भनाइ थियो । साथै ओलीले आफ्नो बोलीका कारण धेरैले अभिनेता बन्न सफल भएको बताउँदै उनले आफुलाई अभिनय गर्न भने नआउने तर सिधा र प्रष्ट कुरा गर्न मन पर्ने बताए ।

ओलीले भने, ’मलाई अभिनय गर्न आउँदैन म सिधा र प्रष्ट कुरा गर्न रुचाउछु, ओलीको प्रतिकृया थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...