चलचित्र ‘रातो घर’ हेरे ओलीले



हाम्रो इकोनोमि

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चलचित्र रातो घर हेर्न बिग मुभिज पुगे । चलचित्र हेरेर बाहिरीने क्रममा चलचित्रका बारेमा बोल्दै ओलीले रातो घर निकै कमेडियन र रमाइलो रहेको बताए । छेउमा उभिएका रातोघरका अभिनेता तक्मेतर्फ हेर्दै ओलीले रातोघरको झकमले भन्दा तक्मेबुढा कै भूमिकाले आफ्नो मन जितेको प्रतिक्रया दिएका थिए ।

उनले रातो घर जस्ता उत्कृष्ट चलचित्रले नेपालीलाई स्वदेशी चलचित्र हेर्ने बानीको विकास गराउने बताए । राम्रो र समसामायिक कथाबस्तु समेटेर निर्माण भएका चलचित्रले दर्शकको मन जित्ने समेत उनको भनाइ थियो । साथै ओलीले आफ्नो बोलीका कारण धेरैले अभिनेता बन्न सफल भएको बताउँदै उनले आफुलाई अभिनय गर्न भने नआउने तर सिधा र प्रष्ट कुरा गर्न मन पर्ने बताए ।

ओलीले भने, ’मलाई अभिनय गर्न आउँदैन म सिधा र प्रष्ट कुरा गर्न रुचाउछु, ओलीको प्रतिकृया थियो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...