कहिले जादैछन देउवा दिल्ली दरवार ?



काठमाडौँ/ नेपालमा प्रधानमन्त्री निर्बाचित भए लगत्तै भारत जाने परम्परालाइ केही प्रधानमन्त्री बाहेकले अरुले निरन्तरता दिदै आएका छन्। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आगामी असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्रै गराउने गरि नयाँ दिल्लीले आन्तरिक तयारी थालेको छ ।

भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले पनि भारत नेपालमा हुन गैरहेको चुनावको पक्षमा रहेको बताए । उनले भने,‘हामी त चुनाव समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं, अब तीनै तहको निर्वाचन समयमै सम्पन्न होस् भन्ने हाम्रो विशेष चाहना छ, यसको लागि हामी जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।’

उनले कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकोमा आफ्नो पार्टी भाजपा र खासगरी भारतीय जनताहरुपनि निकै खुशी भएको प्रतिक्रिया दिए । उनले भने,‘देउवाजी प्रधानमन्त्री बन्नुभएकोमा हामी खुशी छौं।’ कोशीयारीले देउवाको कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै मजबुद भएको र आगामी दिनमा अझै यो सम्बन्ध आर्थिक–समृद्धिको लागि थप मजबुद हुने विश्वास दिलाए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहाना पनि नेपालमा स्थायित्व, शान्ति र समृद्धि भएको जनाए । कोशीयारीले भने,‘हाम्रो प्रधानमन्त्रीले पनि खासमा यही चाहानु भएको छ।’ उनका अनुसार प्रधानमन्त्री मोदीले पनि नेपालमा तीन तहकै निर्वाचन समयमै सम्पन्न भएर संविधान कार्यान्वयनको बाटोमा अघि बढेको हेर्न चाहेको जनाए। ऋषि धमलाको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

     नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन्

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

    नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

     एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्

गृहमन्त्रीलाई बोल्न दिने विपक्षी मोर्चाको निर्णय

     विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे