राजपा चिसै पानीले नुहाउने, चुनाब अघी संसोधन असम्भब



  काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन पूर्व संविधान संशोधनको सम्भावना नभएको बताएका छन्।

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक संसदमा रहेका सबै दल र दलका सांसदहरुलाई धन्यवाद दिने क्रममा बोल्दै आफू संविधान संशोधन गरी मधेसी, थारु लगायत असन्तुष्ट पक्षको माग सम्बोधनको पक्षमा भएपनि तत्काल संशोधनको सम्भावना नदेखिएको बताएका हुन्।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले नै संशोधनको विधेयक पारित हुने अवस्था छैन, त्यसैले सबै मिलेर दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाउँ। त्यसपछि उपयुक्त समयमा संविधान संशोधन गराएरै छाड्छु।’

उनले संविधानको सर्वस्वीकार्यता बढाएर यसको सफल कार्यान्वयन गराउने सरकारको इमान्दार पहलप्रति प्रतिपक्ष दलले पनि सहयोग र समर्थन गर्नु पर्नेमा जोड दिए।

मधेसी मोर्चाको एउटा घटक राजपाले संविधान संशोधन नगरी निर्वाचनमा जान नसकिने अडान लिँदै आएको बेला प्रधानमन्त्री देउवाले पारित नहुने अवस्थामा सदनमा निर्णयार्थ पेश गरेर फेल गराउनु हुँदेन भन्दै यसलाई उपयुक्त समयमा सदनमा अघि बढाउने बताए।

खास गरी सरकारको समर्थनमा रहेको चौथो ठूला शक्ति राप्रपाभित्र देखिएको मतभेदका कारण सरकारको पक्षमा अत्याधिक बहुमत आएपनि संविधान संशोधनका लागि आवश्यक दुइतिहाई मत नपुगेपछि सत्तारुढ दल कांग्रेस र माओवादीले अघि बढाएको विधेयक सदनमा थाती राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ : प्रधानमन्त्री

     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन्

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत मागे

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले

गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए : कांग्रेस

    नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिँजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत