मन्त्री माग्ने क-कसलाई देउवाले झपारे ?



 

काठमाडौं । मन्त्री बनाईदिन अनुनय बिनय गर्ने संसदहरुलाई प्रधानमत्री शेर बहादुर देउवाले झपारेका छन्। चुनाब लाई लक्षित गर्दै गाऊ जान निर्देशन दिदै देउवाले चुनाब
पछि सरकार विस्तार गर्ने बचन दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् ।
मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।
देउवा पक्षबाट अब मन्त्री थपिने तीनैजना नयाँ अनुहार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यान गोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन् ।

त्यसैगरी देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधी मार्फत देउवामाथि दबाव बढाएका छन् ।

खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएका छन् । यसअघि खड्काको कोटाबाट शंकर भण्डारी मन्त्री भएका थिए । भण्डारी र बस्नेत दुवै खुमबहादुर निकट ‘बाहुबली’ नेता हुन् ।

रामचन्द्र पक्षलाई ४ मन्त्रालय, दाबेदार कोको ?

पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् । कांग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ ।

कांग्रेसले पाउने १० मध्ये यसअघि नै तीनजना मन्त्री भइसकेका छन् । गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्लाह मन्सुर तीनैजना देउवा पक्षका हुन् । अब देउवा पक्षबाट तीनजना मात्रै मन्त्री थपिनेछन् । बाँकी पौडेल पक्षले पाउनेछ ।

पौडेल पक्षले मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका ४ जनाको नाम देउवालाई बुझाउने तयारी गरेको छ । मन्त्रालय नभनी मन्त्रीको नाम नदिने सन्देश रामचन्द्र पौडेलले देउवालाई पठाइसकेका छन् ।

पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय पाएमा बलबहादुर केसीलाई पठाउने पौडेल पक्षको तयारी छ ।

पौडेल पक्षबाट मन्त्रीका लागि डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाममा छलफल भइरहेको छ । राजन केसीको नाम पनि प्रस्तावमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
न्यायालयलाई गठबन्धनको विभाग जस्तो बनाउन खोजियो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो

हिंसा थालेको दिन जनयुद्ध दिवस हुन सक्दैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको

राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीको प्रश्न

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)