राजपालाई फकाउन आजै ऐन संशोधन गराउदै सरकार



मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो तहको स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधनको अन्तिम तयारी गरिरहेको छ।

यसका लागि सरकारले मंगलबार संसदमा पेश गरेको स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न बनेको विधेयक आजै पारित गर्ने तयारीकासाथ सभामुखलाई प्रक्रिया अघि बढाउन आग्रह गरकेो छ।

जस अनुसार, आज अपरान्ह १ बजे बस्ने संसद बैठकमा सरकारले उक्त विधेयक निर्णयार्थ पारित गरी असन्तुष्ट मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण तयार गर्न लागेको सत्तारुढ नेपाली कांग्रेसकी सचेतक इश्वरी न्यौपानेले बताइन्।

यस अघि पारित गरेको ऐनको व्यवस्था बमोजिम निर्वाचनको प्रक्रिया शुरु भइसकेको अवस्थामा निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न र उसले मागे अनुसारको निर्वाचन चिन्ह दिन नसक्ने व्यवस्था रहेको छ।

यसका साथै विद्यमान ऐन बमोजिम निर्वाचनमा मनोनयन दर्ता गर्नु १५ दिन अगाडि सबै राजनीतिक दलले आफ्नो दलको दर्फबाट उम्मेदवारहरुले दर्ता गर्ने मनोनयन पत्रमा पार्टीको आधिकारिक व्यक्तिको हस्ताक्षरको नमूना बुझाउनु पर्ने व्यवस्था रहेको छ।

यी सबै विषयलाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मोर्चासँगको सहमति पश्चात संशोधन विधेयक दर्ता गरेको थियो।

सरकारले दर्ता गरेको विधेयकमा राजपालाई नयाँ दल दर्ता गर्न, उसले मागेअनुसारको चुनाव चिन्ह प्रदान गर्न र मनोनयन पत्र दर्ता गर्नु अगाडिसम्म पार्टीको उम्मेदवारको मनोनयन पत्रमा आधिकारिक हस्ताक्षर दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि मोर्चामा आबद्ध विभिन्न ६ दलको एकिकरणपछि बनेको राजपाले निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गरी आफूले मागे बमोजिमको नयाँ निर्वाचन चिन्ह छाता पाउनु पर्ने र पार्टीको उम्मेदवारहरुको मनोनयन पत्रमा आधिकारीक हस्ताक्षर बुझाउने समय दिनु पर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम