होसियार ! बिहान उठ्नसाथ चिया र कफी पिउने बानी छ ? पढ्नुहोस् एकपटक



हाम्रो इकोनोमि

बिहान उठ्नसाथ चियारकफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पु¥याउँछ । चिया र कफीले मुख र दाँतको स्वस्थ्यमा हानी र्पुयाउँछ । मुखको क्याविटी र स्वच्छता समग्र शरीरको स्वास्थ्य निर्भर गर्छ । त्यसैले यदि तपाई बिहान उठेर चिया, कफी पिउनुहुन्छ भने त्यसअघि दाँत र मुख सफा गर्नैपर्छ ।

दैनिक चिया र कफीले निम्न असर देखाउँछ:
पेटमा एसिडको लेबल बढ्छ
जब तपाई सुत्नुहुन्छ, मुखमा हजारौं सूक्ष्म जीव एवं व्याक्टेरिया पैदा हुन्छ । त्यही कारण हो, बिहान उठ्नसाथ मुखमा दुर्गन्ध आएको । जब तपाई बिहान उठेपछि तात्तातो चिया, कफी पिउनुहुन्छ, मुखको ब्याक्टेरिया पेटमा पुग्छ । यसले पेटको एसिडल लेवल बढ्छ । यसका साथै केहि अरु खानेकुरा पनि हुन्छ, जसले एसिडिटी बढाउँछ ।
पाचन क्रिया खराब हुन्छ
जब ब्याक्टेरिया आफ्नो मुखबाट पेटमा पुग्छ, पाचन क्रियामा असर गर्छ । साथै एसिड(एल्कालाइन सन्तुलन बिगार्छ ।
शरीरमा टक्सिन लेवल बढ्छ
भनिन्छ, शरीरको विषाक्त पदार्थ वाहिर निकाल्नका लागि बिहान एक गिलास पानी पिउनुपर्छ । बिहान उठ्नसाथ चिया पिउँदा रक्त विकार बढ्छ । रगतमा टक्सिन बढ्नुको अर्थ हो, कलेजो, फोक्सो, मृगौलामा टक्सिनको कारण खतरा बढ्न सक्छ ।
इन्फेक्शनको खतरा बढ्छ
बिहान उठ्नसाथ चिया पिउँदा पेट सुन्निने वा इन्फेक्सन हुने खतरा पनि रहन्छ । पेटमा अल्सर हुने संभावना बढ्छ ।
आइरन अवशोषण सहि ढंगले हुँदैन
बिहान खाली पेट चिया पिउनाले आइरनको अवशोषण सहि ढंगले हुँदैन । यदि तपाईलाई एनीमिया वा आयरनको कमी छ भने यो थप हानिकारक हुनसक्छ ।
मुखको स्वस्थ्यका लागि ठीक हुन्न
जब बिहान उठेपछि मुख सफा नगरी चिया पिउनुहुन्छ, मुखमा रहेको व्याक्टेरिया चिनीको सम्पर्कमा आउँछ । यसले मुखमा एसिड लेवल बढाउँछ । यसले दाँतको प्राकृतिक इनामेल र बाहिरी आवरण खराब गर्छ । त्यसैले चिया र कफी खाने बानीलाई सधैकालागि छोड्दा स्वास्थ्यकालागि फाइदा हुने कुरा चिकित्सा विज्ञानले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...