राष्ट्रपतिका मामाका छोरा,प्रधानमन्त्रीका सालीका पति बने अर्थमन्त्री



काठमाडौं । शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा लगाएका छन् ।
पार्टीभित्र देउवाका अत्यन्तै निकट मानिने कार्कीलाई देउवाले अर्थमन्त्री बनाएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट भर्खरैमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
देउवापछि दुई उपप्रधानमन्त्री बिजय गच्छेदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुले पनि राष्ट्रपतिबाट सपथग्रहण लिएका छन् ।
कांग्रेसले अहिलेसम्म अर्थशास्त्रका ज्ञातालाई मात्रै अर्थन्त्रालयको जिम्मेवारी दिँदै आएको थियो । तर, यसपटक भने देउवाले त्यो परम्परालाई तोडेर आफू निकट कार्कीलाई अर्थमन्त्री बनाएका हुन् ।
पछिल्ला वर्षहरुमा प्रधानमन्त्रीले आफू निकटका व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति स्थापित हुँदैछ ।
यसअघि केपी ओलीले पनि अर्थमन्त्रालयको जिम्मेवारी आफूनिटक विष्णु पौडेललाई दिएका थिए ।
प्रधानमन्त्री देउवाले काँग्रेस नेता महेश आचार्यलाई अर्थमन्त्री बनाउन चाहेका भएपनि पौडेल समुहले असहयोग गरेपछि कार्कीलाई अर्थमन्त्रालयको जिम्मा दिइएको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय कार्कीले देउवालाई साथ दिदै आएका थिए ।
काँग्रेस विभाजनको समयमा देउवा पक्षमा रहेका कार्की पूर्वान्चलमा देउवा पक्षको बर्जस्व बढाउन विशेष रुपमा सक्रिय थिए । नवनियुक्त अर्थमन्त्री कार्की राष्ट्रपति विद्यादेबी भण्डारीका मामाका छोरा हुन् ।
२०३६ सालमा नेपाल विद्यार्थी संघको सभापति बनेका कार्की बहुदल आएपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दा उनी भट्टराईका स्वकीय सचिब थिए ।
त्यसपछि पहिलोपटक शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा उनी प्रधानमन्त्रीको प्रमुख सल्लाहकार थिए ।
०६२/६३ को जनआन्दोलनपछिको मन्त्रिपरिषदमा कार्की जलस्रोतमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम