देउवाले सुशासन कायम गर्न सक्दैनन् : नेता नेपाल



काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले देउवाले देशमा सुशासन कायम गर्न नसक्ने बताउनुभएको छ । आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै उहाँले देउवाले पैसाका लागि जे पनि गर्न सक्ने भएकोले देशको सुशासन कायम गर्न नसक्ने बताउनुभएको हो ।

यस अगाडि तीन पटकसम्म प्रधानमन्त्रीको कार्यवहार सम्हालेका देउवाले पैसाका लागि जे पनि गर्न सक्ने व्यक्तिका रुपमा देखाइसकेका हुँदा यसपटक पनि देउवाबाट सोही व्यवहार दोहोरिने वरिष्ठ नेता नेपालले टिप्पणी  गर्नुभएको हो ।

पहिलो चरणको निर्वाचनमा शक्ति र सत्तााको दुरुपयोग हुँदाहुँदै पनि एमाले पहिलो पार्टीको रुपमा उदाएको बताँउदै नेता नेपालले तराईमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । अर्काे प्रसंगमा उहाँले सरकारलाई एमालेले र गुण र दोषको आधारमा समर्थन गर्ने बताउनुभयो ।

नेता नेपालले संविधान संशोधन र चुनाव चिन्ह मधेसी नेताहरुको माग नभएको तर यो विषय कस्ले उचालिरहेको छ भन्ने पनि थाहा नभएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम