मंत्री बन्न माओबादी भित्र मारामार, एकले अर्कालाई पछार्ने खेल शुरु



हाम्रो इकोनोमि

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र गृहमन्त्रीलाई लिएर विवाद सुरु भएको छ । वर्तमान सरकारका उप्रधानमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री टोपबहादुर रायमाझी र शक्ति बस्नेतले गृहमन्त्रीमा दावी गरेका छन् । सोमवारसम्म गृहमन्त्रीमा चर्काे दावी गरेका चार नेता मध्ये रायमाझी र बस्नेतले मंगलबार आफ्नो दावी छोडिसकेका छन् भने महरा र शर्माबीच गृहमन्त्रीका लागि टकराव सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महरालाई गृहमन्त्री बनाउने सोचमा छन् । तर जनार्दन शर्माले गृहमन्त्री नपाए सरकार नजाने चेतावनी दिएपछि माओवादी केन्द्रको नेतृत्व नै अप्ठ्रोमा परेको छ । शर्मालाई गृहमन्त्री बनाउन अन्य नेताहरु सकारात्म भएपनि प्रचण्ड भने महराकै पक्षमा देखिएका छन् । औपचारिक अनौपचारिक गरी गृहमन्त्रीका बिषयमा माओवादीभित्र दर्जनौ पटक छलफल समेत भएको छ । तर पनि गृहमन्त्रीको टुंगो लाग्न सकेको छैन ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन, केन्द्र तथा प्रदेशको निर्वाचन गराउने दायित्व भावी सरकारको भएकाले शर्मालाई नै गृहमन्त्री बनाउनु पर्ने तर्क माओवादी केन्द्रभित्र चर्काेरुममा उठेको छ । स्रोतका अनुसार शर्माले आफ्नो अडान नछाडेपछि महरालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउने मनस्थितिमा प्रचण्ड पुगेका छन् तर बैठकमा भने उनले यस्तो निर्णय लिइसकेका छैनन् ।

दाहाल नेतृत्वको सरकारका सवैभन्दा चर्चित र लोकप्रिय शर्मालाई सरकारमा पठाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् । माओवादी केन्द्रले देउवा नेतृत्वको सरकारमा ८ मन्त्रालय पाउँदैछ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...