जनमुक्तीका महासचिब खम्बुवानमा प्रवेश



काठमाडौँ/राष्ट्रिय जनमक्ति पार्टी नेपालका महासचिव विश्व किराँतले जनमुक्ति पार्टी परित्याग गरि खम्वुवान राष्ट्रिय मोर्चामा प्रबेश गरेका छन् ।

खम्वुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष तथा साम्सद रामकुमार राईले खम्वुवानको संसदिय दलको कार्यालय सिहदरबारमा प्रवेश गराएका हुन्।

किराँत जनमुक्ति पार्टीका संस्थापक सदस्य समेत रहेका किराँत सोमबार खम्बुवान प्रबेश गरेका हुन्। राष्ट्रिय मुक्ति आन्दोलनमा लामो अनुभव संगालेका किराँत कुशल राजनीतिक नेता हुन । पत्रकारिता क्षेत्रमा समेत आवद्ध किराँत बैचारिक र सैद्धान्तिक रुपमा खरो नेताका रुपमा चिनिन्छन् ।

आसन्न स्थानिय निकायको चुनाव नजिकिदैं गर्दा मोर्चामा प्रवेशको लहर तीब्र बनेको छ । खम्वुवान राष्ट्रिय मोर्चाले उठाउदै आएको राष्ट्र राज्य निर्माणका सैद्धान्तिक आधारको कार्यदिशा राष्ट्रिय मुक्ति आन्दोलन नै हो भनि ठहर गरे पश्चात अन्य पार्टी परित्याग गरि मोर्चामा प्रबेश गर्नेको लहर नै लागेको छ । साथै आसन्न स्थानिय निकायको निर्वाचनमा सैद्धान्ति प्रतिस्पर्धा होईन बिकासको एजेण्डामा प्रतिस्पर्धा गरौं भन्ने नाराका साथ मोर्चा चुवानमा होमिएको छ ।खम्बुवान पुर्बी नेपालमा दरिलो ढंगले राजनीतिक गतिबिधीमा संलग्न छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम