भोली सपथ खाने गरी यसरी बन्दैछन देउवा प्रधानमन्त्री



काठमाडौँ/संसदको आज बस्ने बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजै मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गर्ने भएको छ।

प्रमुख तीन दलका शीर्ष नेता र सभामुखबीच भएको सहमति पश्चात मंगलबार अपरान्ह बस्ने संसदको दोस्रो बैठकले सत्तारुढ गठबन्धन र संसदमा रहेका अधिकांश दलको झण्डै दुई तिहाई समर्थनमा देउवा चौथो पटक मुलुकको ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्।

प्रधानमन्त्रीमा आजै निर्वाचित भएपनि देउवाले पद तथा गोपनियताको सपथ र पदभार भने बुधबारमात्रै लिने तयारी भइरहेकोे सभापति देउवा निकट स्रोतले बतायो।

आज बस्ने संसदको बैठकले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने सुनिश्चितता भएपनि संसदको प्रक्रिया टुंग्याएर सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गर्ने प्रक्रियामा समय लाग्न सक्ने भएको कारण आज सपथ ग्रहण नहुने सम्भावना रहेको स्रोतले बतायो।

एमालेसँग भएको सहमतिमा संसदको अबरोध हटेपछि आज अपरान्ह १ बजे बस्ने संसदको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट बिहिबार प्राप्त पत्रको आधारमा संविधान बमोजिम बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको सूचना पढेर सुनाउने छन्।

त्यसपछि सहमति बमोजिम नै प्रमुख तीन दलका नेताहरुलाई सम्बोधनको लागि समय दिने सहमति भएको छ।

सुरुमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसायिक राजनीतिक परिस्थिती र आफ्नो दलले सदन अबरोध गर्नेदेखि पछिल्लो सहमतिका आधारमा अबरोध हटाउन गरेको निर्णयबारे मन्तव्य दिनेछन्।

त्यसपछि कांग्रेस र माओवादीका नेताले पनि आफ्नो धारणा संक्षिप्त रुपमा राखेपछि सदन केही समयका लागि स्थगित हुनेछ।

आजै बस्ने संसदको दोस्रो बैठकमा सभामुखले पूर्वनिर्धारित कार्यतालिका अनुसार, प्रधानमन्त्री पदका लागि सत्तारुढ गठबन्धनबाट परेको एक मात्र उम्मेदवारीको प्रस्ताव सदनमा राख्न प्रस्तावक माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिनेछन्। उनले प्रस्ताव राखी छोटो मन्तब्य दिए लगत्तै प्रस्तावका समर्थक कांग्रस वरिष्ठ नेता रामचन्द्र पौडेलले र त्यसपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका समर्थकले बोल्दै प्रस्तावलाई समर्थन जनाउनेछन्।

त्यससपछि सदनमा प्रस्तावमाथि सामान्य छलफल गरी सभामुखले आजै उक्त प्रस्तावलाई मतविभाजनको माध्यमबाट निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यसरी मतविभाजनबाट प्रस्ताव पारित भएपछि सभामुखले आजै उक्त मतपरिणामको आधारमा कांग्रेस सभापति देउवा नयाँ प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गर्नेछन्।

त्यसपछि सभामुखले सदनको निर्णयबारे सचिवालय मार्फत त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाउने छन्।

‘यी सबै प्रक्रिया पूरा गर्दा समय लाग्ने भएको कारण सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय र देउवा स्वयंसँग समय लाग्ने भएको कारण सम्भवत पद तथा गोपनियताको सपथ ग्रहण र पदभार सम्हाल्ने काम बुधबार मात्रै हुन सक्छ,’ कांग्रेस एक नेताले भने।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम