देउवाको विपक्षमा मत हाल्छौं: भीम रावल



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारको संसद बैठक अबरोध नगरी प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्न दिने संकेत दिएको छ।

भरतपुरको विषय उठाएर सदन अबरोध गर्दा प्रभावित भएकोमा एमालेको पछिल्लो अभिव्यक्तिले नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया भोली नै टुंगो लाग्ने संकेत एमालेका उपाध्यक्ष भीमबहादुर रावलले दिएका हुन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले बोल्दै रावलले भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले भाग लिने जानकारी दिए।

उनले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा आफ्नो दलले मत हाल्ने बताए।

उनले भने, ‘हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं, तर देउवाजीको विपक्षमा मत हाल्छौं।’ त्यस्तै उनले आफ्नो पार्टी अहिले सरकारमा जाने मनस्थितिमा पनि नरहेको जिकिर गरे।

चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले जे निर्णय गरेपनि उक्त निर्णयलाई आफ्नो पार्टीले स्वीकार गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन्।

उनले भने, ‘चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ, त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मत र मनपनि च्यातिएका छन्।’”

रावलले चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी काँग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरे।

उनले भने, ‘मतपत्र च्यात्ने काम गरेर उहाँहरुले कु–चक्रमा देशलाई अघि बढाउन खोज्नुभयो, यसले लोकतान्त्रिक व्यवस्थालाई आँच पुगेको छ।’

त्यस्तै उनले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित हुन ध्यानाकर्षण समेत गरे। उनले भने, ‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’ उनले जनताको मतको कदर सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए।

रावलले गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको निर्वाचन पनि चुनौतीकावीच नै सम्पन्न भएको उल्लेख गर्दै भने,‘पहिलो चरणको निर्वाचनमा पनि धेरै चूनौतिहरु थिए, विभिन्न शंका तथा आंशका हुँदापनि निर्वाचन सम्पन्न भएको छ, अब दोस्रो चरणको निर्वाचन हुन गैरहेको छ, यसमा पनि केही चूनौतिहरु छन्, तर सरकार निर्वाचनप्रति कटिबद्ध रहे दोस्रो चरणको निर्वाचन समयमै र शान्तिपूर्ण तरिकाले सम्पन्न हुन्छ, यसमा म विश्वस्त छु।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले निर्वाचनको मुखमा आएर वर्तमान सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटकपटक सार्ने काम गरेको भन्दै गुनासे पोखे । उनले भने,‘सरकारले अन्योलपूर्ण वातावरण बनाउनु हुँदैन।’

रावलले आफ्नो पार्टी जहिलेपनि राष्ट्रको हितका लागि सहमति गर्न तयार रहेको स्पष्ट पारे । यद्धपी उनले वर्तमान सरकारको क्रियाकलाप ठीक नभएकाले भोली हुने प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्ने जनाए । उनले भने,‘यो सरकारलाई हाम्रो समर्थन हुँदैन्।’

त्यस्तै उनले प्रधानमन्त्रीका उम्मेद्धवार देउवापनि प्रदेश नम्बर ७ कै स्थायी वासिन्दा भएकोले आफ्नो व्यक्तिगत रुपमा अत्यन्तै राम्रो सम्बन्ध रहेको बताए।

उनले भने, ‘व्यक्तिगत रुपमा देउवाजी र प्रचण्डजीसँग मेरो राम्रो सम्बन्ध छ, तर देशको जिम्मेवार, लोकतन्त्रको रक्षाविरुद्ध लागे आलोचना गर्नुपर्छ, राम्रा काम गरे शेरबहादुरजी देउवालाई पनि मेरो समर्थन रहन्छ।’

उनले अहिले संविधान संशोधन, स्थानीय तहको संख्या हेरफेर हुन नसक्ने समेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...