संसद खुलाउन ५ बजे निर्णायक वार्ता हुदै



संसदको गतिरोध हटाएर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाउने विषयमा सहमति खोज्न सभामुखले प्रमुख दलका शीर्ष नेताहरुसँग वार्ता गर्ने भएकी छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको विवाद उठाएर संसद अबरोध गर्दै प्रधानमन्त्री चयन प्रक्रिया अबरुद्ध पारेपछि त्यसको निकासका लागि सभामुख ओनसरी घर्तिमगरले सोमबार अपरान्ह ५ बजे शीर्ष नेताहरुलाई वार्तामा डाकेकी हुन्।

कांग्रेस र माओवादी गठबन्धनबीच भएको सहमति बमोजिम प्रधानमन्त्री पुष्मकमल दाहालले सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्न जेष्ठ १० गते पदबाट राजीनामा दिएका थिए।

दाहालको राजीनामा पश्चात संविधानको प्रावधान बमोजिम निर्धारित समयभित्र सहमतीय सरकार गठन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भणडरीले संसदलाई पत्र पठाएर बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न निर्देशन दिएकी थिइन।

तर राष्ट्रपतिको पत्र सदनमा पेश गर्ने मौकासमेत सभामुखलाई नदिने रणनीतिका साथ विपक्षी दल एमालेले गत बिहिबारदेखि फेरि सदन चल्न दिएको थिएन।

त्यसका बाबजूद सभामुखले संविधान र संसदको नियमावली बमोजिम निर्वाचन समिति गठन गरी मनोनयन दर्ता गर्ने प्रक्रिया समेत टुंग्याइसकेकी छन्।

सभामुखले तय गरेको कार्यतालिका बमोजिम प्रधानमन्त्री पदका लागि एक्लो दाबेदारका रुपमा देखिएका कांग्रेस सभापति देउवाको उम्मेदवारी आइतबारको संसद बैठकबाट टुंग्याउने कार्यक्रम रहेको थियो।

तर भरतपुर महानगरपालिकामा स्थगित मतगणनाको विषयमा सदनमा विरोध जनाउँदै आएको एमालेले आइतबार सहमतिका लागि केही समय माग गरेपछि सभामुखले संसदको बैठक मंगलबारका लागि सारेकी थिइन।

मंगलबारको बैठकमा प्रधानमन्त्री चयन प्रक्रिया टुंगो लगाउने विषयमा आज साँझको बैठक केन्द्रीत हुने छ।

कांग्रेसले भरतपुरको विषय निर्वाचन आयोगसँग सम्बन्धित भएको र अहिले यसबिरुद्ध अदालतमा मुद्दा परेको कारण यसैलाई लिएर सदन अबरोध गर्न नहुने सुझाव एमालेलाई दिएको छ।

तर देउवाप्रति अनुदार रहदै आएको एमालेले भने उनको सत्तारोहणमा केही विलम्ब गराउने रणनीतिका साथ निर्वाचन प्रक्रिया शुरुदेखि नै प्रारम्भ गर्ने गरी अघि बढ्रन सभामुख र अरु दललाई दबाब दिएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्