हो, राजपामा असन्तुष्टि छ: शरतसिंह भण्डारी



पंचायतकाल देखी नेपाली राजनितीमा हाबी हुदै आएका र चतुर नेताको परिचय बनाएका शरतसिंह भण्डारी हालसालै बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का चल्तापुर्जा नेता हुन्।तिनै भण्डारी संग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ।

 

० अहिलेसम्म राजपाको दर्ता प्रक्रिया पुरा भएको छैन । अन्य प्राविधिक कामहरु पुरा गर्न सकेको छैन । किन होला ?

यो पार्टी निर्वाचन घोषणा भइसके पछि एकीकृत भएको हो । निर्वाचनमा गइसकेको अवस्थामा दल दर्ता र चुनाव चिन्हलगायतका कुरा प्रभावित हुनु स्वभाविक हो । त्यसैले अहिले राजपाले राजनीतिक मान्यता पाएको छ । तर बैधानिकताको कुरा अगाडि मात्र बढेको छैन ।

हामीले निर्वाचन आयोगलाई जानकारी गराइसकेका छौं । एउटा सुचना जारी गरेर हामीले निर्वाचन आयोगलाई भनी सक्या छौं कि हामी यो–यो पार्टी मिलेर राजपा गठन गरेका छौ र हामीलाई छाता चुनाव चिन्ह चाहिन्छ ।

तर अहिले निर्वाचन आयोग दल दर्ताको प्रमाण पत्र दिने अवस्थामा छैन र चुनाव चिन्ह दिने अवस्थामा पनि छैन । त्यसकारण निर्वाचन आयोगमा गएर आन्दोलन गरेर राजनीतिक स्टण्ट गर्नु राम्रो होइन । त्यसैले अहिले हामी राम्रो पार्टी बनाउन लागेका छौं ।

अर्थात मधेशमा टेकेर हामीले सम्पूर्ण नेपालीको पार्टी बनाउन चाहेका छौं ।

० तपाईहरुको पार्टीमा सैद्धान्तिक कुरा नमिलेको हल्ला पनि आइरहेको छ । असन्तुष्टिहरु पनि देखिएको छ नि ?

यो स्वभाविक हो । विभिन्न पृष्ठ भुमिबाट आएका पार्टीहरु एक ठाउँमा आउँदा छलफल हुनु आवश्क छ । फरक–फरक विचार आउन सक्छ । तर हाम्रो मुद्दा एउटै भएकोले हामी मिलेका हौं ।

सबै मधेश केन्द्रीत भएर मधेशका मुद्दा समाधान गर्नका लागि एकीकृत भएका छौं । एउटा कुरामा हामी स्पष्ट छौं कि हामी लोकतान्त्रिक समाजवाद सिद्धान्त बोकेको पार्टी हौं ।

हामी समावेशी लोकतन्त्रमा विश्वास गर्छौ त्यसैले समावेशी पार्टी बनाउन चान्छौं । त्यसका लागि हामीबीच गहन छलफल हुनु अवाश्यक छ । हामीले बृहतमा छलफल गर्दैछौं । हतरपतरमा कुनै काम गर्न चाँदैनौं । विगतको मधेश राजनीतिले हामीलाई पोलेको छ । त्यसकारण भोली त्यस्तो अवस्था नओस् भनेर हामी छलफलमा छौं ।

० तपाईहरुले मधेशलाई टेक्ने पार्टीहरुलाई एकीकृत भयौं भन्नु हुन्छ तर अहिले पनि मधेशलाई टेक्ने दुईवाटा पार्टी उपेन्द्र जी र गच्छदार जी बाहिरै हुनुहुन्छ नि ?

हामी उहाँहरुलाई ल्याउने प्रयासमा छौं । उहाँहरुसँग निकै छलफल भइरहेको छ । अहिले गृहकार्यमा पनि छौं । राजपामा उपेन्द्र जी र गच्छदार जी पनि अटाउनु हुनेछ । नेपालको राजनीतिक परिवर्तनको मोडमा छ । त्यसकारण हामीले संविधानमा रहेका असन्तुष्टिलाई हटाउँदै अगाडि बढ्ने प्रयासमा छौं ।

यस अवस्थामा उहाँहरुलाई पनि समेटेर बृहत राजनीतिक शक्ति बनाउने पक्षमा छौं । उहाँहरु पनि हामी सँगै हुनु हुन्छ ।

० तर अहिलेकै निर्वाचनको कुरामा दुई धारमा देखिनु भएको छ नि ?

कुनै पनि दुई धारमा छैन । उहाँहरुले पहिलो चरणकै चुनावमा भाग लिनु भएको हो । उहाँहरुलाई पहिलो चरणको निर्वाचनमा सहभागी हुने वातावरण राजपाले बनाइ दिएको हो । हामीले गरेको भद्र सहमति अनुसार नै उहाँहरुले निर्वाचनमा भाग लिनु भएको हो । जसको परिणम स्वरुप दुई चरणमा निर्वाचन भयो ।

हामीले पहिलो चरणको निर्वाचन विथोलेको होइन, सहयोग नै गरेका हौं । १७ गते संविधान संशोधन भएको भए हामी पनि निर्वाचनमा हुन्थ्यौं तर त्यो दिन एउटा नाटकीय घटना भयो । र, हामी आन्दोलन मै छौं ।

० तपाईले यसरी भन्दै गर्दा अहिलेकै अवस्थामा निर्वाचन भयो भने राजपा र अन्य दलबीच मुठभेट हुने सम्भावना छ नि ?

हुने छैन । हामी पनि दोस्रो चरणको निर्वाचनको तयारी गर्दैछौं । तर हामीले निर्वाचनको वातावरण बनाउन माग गरेका छौं । हामीले निर्वाचनमा भाग लिदैनौं भनेर केहिले पनि भनेका छैनौं । राजपाले त्यस्तो कुनै निर्णय गरेको छैन ।

स्थानीय निकाय सम्बन्धी हाम्रो माग पुरा हुने–हुने अवस्थामा थियो तर भएन । त्यसकारण केही जटिलता आएको छ ।

० राजपा र संघीय गठबन्धनको एउटा अडान छ कि संविधान संशोधन नभएसम्म निर्वाचनमा जाँदैनौं । संविधान संशोधन नभएपनि निर्वाचनमा जन सकिन्छ ?

होइन, हाम्रो त्यस्तो अडान छैन । हाम्रो माग के हो भने संविधान संशोधन नभएसम्म हाम्रा मागहरु पुरा हुने छैन ।

संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाइएको छ । हामीले के पनि थाहा छ भने अहिलेको अवस्थामा संविधान संशोधनका लागि संख्या पुग्ने अवस्था छैन । हामीले के भनेका छौं पनि संविधान संशोधनको एउटा परिस्थिति बनाउनुस् । एउटा विश्वास दिलाउनुस् । संविधान संशोधनको प्रतिबद्धता सरकारबाट आयो भने हामी चुनावमा जान्छौं ।

० भने पछि कुनै सम्झौता गरे पुग्छ ?

सम्झौता त धेरै भएको छ । लिखित नै चाहिन्छ भन्ने पनि होइन । अलिखित सम्झौताले पनि धेरै महत्व राख्ने गरेको छ । जसरी अहिले सरकारको विषयमा प्रचण्डले सम्झौता पालना गरे त्यसरी नै सम्झौताहरु पालना हुन सक्छ ।

अहिले स्थानीय निकायको निर्वाचन हो । यसले संविधान कार्यन्वयन भइरहेको छैन । स्थानीय निकायको चुनाव हुने वितिकै संसार नै डुब्छ भन्ने छैन । भोली संसदको चुनाव हुन्छ भोली प्रदेशको चुनाव हुन्छ  । हामीले पहिले पनि भनेका थियौं अहिलेको संविधान संशोधनबाट सिमांकन सम्बन्धी प्रक्रियालाई अगाडि बढाउने र निर्वाचन पछि टुँगो लगाउने । सिमाकंनको टुँगो लगाउने बाटो पनि त छदैछ ।

० त्यसो भए यसअघि एमालेले पनि यस्तो प्रस्ताव राखेको थियो । त्यती बेला तपाईहरु किन मान्नु भएन ?

एमालेले त प्रस्ताव नै ल्याएको थियो । तर मानेन । अहिलेको सात प्रदेशको प्रस्ताव पनि उनीहरुले नै ल्याएका थिए तर पछाडि हटे । आफैले गरेका प्रस्तावहरुको विरुद्ध एमाले गए । एमाले आफैले आयोग बनाउने प्रस्ताव गरेको थियो तर अहिले खै मानेको छैन ।

त्यसबेला एमालेले प्रस्ताव गरेको आयोग अहिले हामी बनाउन भन्दैछौं खै किन मान्दैन त एमाले ? भन्नुको अर्थ उहाँहरुमा इमानदारीता देखिएन ।

० त्यसो भए काँग्रेस र माओवादीको गठबन्धनले इमानदारिता देखाउला भन्ने के आधार छ ?

प्रचण्डले त प्रयास गरेको छ नि । यिनीहरुले संसदमा संशोधन प्रस्ताव पेस गरेको छ । काँग्रेस र माओवादीले हामीसँग सहमति गर्न खोजेको छ । उहाँहरु त सदनमा हाम्रो पक्षमा देखिनु भएको छ नि ।

० तर संशोधन पारित भएन नि ?

पारित गर्ने हैसियत उहाँहरुसँग छैन । संशोधन प्रस्तावको एउटा सरोकारबाला काँग्रेस माओवादी हो नि त । हामीले माग गरेको संविधान संशोधनको प्रस्तावक त काँग्रेस माओवादी हो नि । हामीले राखेको मागमा अहिलेको सरकार उभिएको छ नि । सरकारसँग दुई तिहाई बहुमत छैन ।

० त्यसो भए संशोधनको वातावरण वा प्रतिवद्धता आए राजपा चुनावमा जाला ?

निश्चित रुपमा जान्छ । संविधान संशोधनको वातावरण बनाएर सरकारले गर्न सक्ने कामहरु गरे भने राजपा चुनावमा जान्छ ।

० अर्को शब्दमा संविधान संशोधन पास नभए पनि राजपा निर्वाचनमा जान्छ ?

अहिलेको अवस्थामा संशोधन पास हुँदैन भन्ने कुरा हामीलाई राम्रो गरी थाहा छ । अहिलेको बनोट अनुसार संशोधन हुँदैन ।

० त्यसो भए अहिले मधेशमा जुन आन्दोलन चलेको छ नि त्यो के का लागी ?

तपाईले आन्दोलन बेला जारी गरिएको विज्ञप्ति पढ्नु भएको छ ? हामीले के भनेका छौं भने यी मागहरु पुरा गर्ने वातावरण बनाएर निर्वाचनको वातावरण बनाइ दियोस् हामी निर्वाचनमा जान तयार छौं । त्यसकै लागी हामी आन्दोलन गरेका छौं ।

० त्यसो भए देउवा नेतृत्वको सरकारलाई राजपाले समर्थन गर्न सक्छ ?

देउवाले अहिलेसम्म हामीसँग समर्थन मागेको छैन । मागेको खण्डमा हामीले निर्णय लिने छौं ।   हुलाकीन्युजको सहयोगमा

प्रतिक्रिया दिनुहोस
माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ