भरतपुरको मुद्दा चोलेन्द्रको बेन्चमा



हाम्रो इकोनोमि

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्न निर्वाचन आयोगले दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा न्यायाधीस चोलेन्द्र शम्शेर जबराको बेन्चमा परेको छ।

सर्वोच्च अदालतले जारी गरेको दैनिक कार्यसूचि अनुसार, भरतपुरका गुञ्जमान विकसहित २ जनाले आइतबार दर्ता गरेको मुद्दामा न्यायाधीस जबराको एकल इजलासले हेर्ने उल्लेख छ।

जेष्ठ १४ गते मध्यरातमा मतगणना जारी रहेकै बेला एमाले र माओवादी प्रतिनिधिबीच भएको विवाद पश्चात ९० मतपत्र च्याएतिएको थियो।
मतपत्र च्यातेको विषयमा एमाले र माओवादीबीच आरोप प्रत्यारोप चल्दै आएको छ।

त्यसपछि स्थगित भएको १९ नम्बर वडाको मतगणनालाई रद्ध गर्दै निर्वाचन आयोगले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई सो वडामा पुनःमतदान गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनको विरुद्धमा आइतबार रिट निवेदन दर्ता भएको थियो।

आयोगको निर्देशनको विरोध गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेले सदन अबरुद्ध पार्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...