भरतपुरको मुद्दा चोलेन्द्रको बेन्चमा



हाम्रो इकोनोमि

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्न निर्वाचन आयोगले दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा न्यायाधीस चोलेन्द्र शम्शेर जबराको बेन्चमा परेको छ।

सर्वोच्च अदालतले जारी गरेको दैनिक कार्यसूचि अनुसार, भरतपुरका गुञ्जमान विकसहित २ जनाले आइतबार दर्ता गरेको मुद्दामा न्यायाधीस जबराको एकल इजलासले हेर्ने उल्लेख छ।

जेष्ठ १४ गते मध्यरातमा मतगणना जारी रहेकै बेला एमाले र माओवादी प्रतिनिधिबीच भएको विवाद पश्चात ९० मतपत्र च्याएतिएको थियो।
मतपत्र च्यातेको विषयमा एमाले र माओवादीबीच आरोप प्रत्यारोप चल्दै आएको छ।

त्यसपछि स्थगित भएको १९ नम्बर वडाको मतगणनालाई रद्ध गर्दै निर्वाचन आयोगले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई सो वडामा पुनःमतदान गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनको विरुद्धमा आइतबार रिट निवेदन दर्ता भएको थियो।

आयोगको निर्देशनको विरोध गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेले सदन अबरुद्ध पार्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...