संसद खुलाउने विषयमा कुरा नमिलेपछि बैठक अपरान्ह ३ बजे



हाम्रो इकोनोमि

संविधानको व्यवस्था अनुसार नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु गर्न आज ११ बजेका लागि सभामुखले बैठक डाकेकी थिइन्।

तर प्रमुख विपक्षी दल एमालेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनःसुचारु गर्न माग गर्दै सदन अबरोध गर्ने घोषणा गरेपछि सभामुख ओनसरी घर्तिमगरले बिहानको बैठक ३ बजेका लागि सारेकी हुन्।

सदन सुचारु गर्ने विषयमा बिहानैदेखि दलका सचेतक र नेताहरुसँग बेग्लाबेग्लै छलफल गर्दा पनि सहमति हुन नसकेपछि सभामुखले अपरान्ह २ बजे प्रमुख दलका शीर्ष नेताहरुको बैठक राखेर अपरान्ह ३ बजे संसद बैठक शुरु गर्ने तयारी गरिरहेकी छन्।

संधिवानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको थियो।

प्रधानमन्त्री पदका लागि सत्तारुढ दलको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्रै मनोनयन परेपनि एमालेको सदन अबरोध गर्ने अडानका कारण संसदबाट हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन अन्यौल बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...