संसद खुलाउने विषयमा कुरा नमिलेपछि बैठक अपरान्ह ३ बजे



संविधानको व्यवस्था अनुसार नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु गर्न आज ११ बजेका लागि सभामुखले बैठक डाकेकी थिइन्।

तर प्रमुख विपक्षी दल एमालेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनःसुचारु गर्न माग गर्दै सदन अबरोध गर्ने घोषणा गरेपछि सभामुख ओनसरी घर्तिमगरले बिहानको बैठक ३ बजेका लागि सारेकी हुन्।

सदन सुचारु गर्ने विषयमा बिहानैदेखि दलका सचेतक र नेताहरुसँग बेग्लाबेग्लै छलफल गर्दा पनि सहमति हुन नसकेपछि सभामुखले अपरान्ह २ बजे प्रमुख दलका शीर्ष नेताहरुको बैठक राखेर अपरान्ह ३ बजे संसद बैठक शुरु गर्ने तयारी गरिरहेकी छन्।

संधिवानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको थियो।

प्रधानमन्त्री पदका लागि सत्तारुढ दलको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्रै मनोनयन परेपनि एमालेको सदन अबरोध गर्ने अडानका कारण संसदबाट हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन अन्यौल बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्