राजन दाहाल
हेटौंडा– असार २२ मा हेटौंडामा हुने नवौं डी सिने अवार्डका लागि मनोनयनमा परेको उत्कृष्ठ पाँचको सार्वजनिक गरिएको छ । छायाँछवी क्रियशनको आयोजनामा हुने अवार्डका लागि सबै बिद्यामा मनोनयनमा परेकाहरुको सनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सार्बजानीक गरेको हो ।
२०७३ सालमा प्रदर्शनमा आएका ८६ मध्ये ५५ चलचित्रलाई २९ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा सवैभन्दा बढी २० विधामा चलचित्र छक्का पञ्जा परेको आयोजकले जनाएको छ । १३ वटा विधामा चलचित्र गाजलु , लुट–२ ले ११ , चलचित्र जात्राले दश, चलचित्र पुरानो ढुड्डा नौ, चलचित्र निरभय छ, चलचित्र जंगे, के म तिम्रो होइन र दर्पण छायाँ–२, विरविक्रम र किस्मत–२ पाँच÷पाँच विधाका मनोयनमा परेका छन् । चलचित्र लप्पनछप्पन, द वीनर, लालजोडी र छायाँ चार÷चार विधामा रहेपनि चलचित्र जय पर्शुराम, तीन घुम्ती, झुम्की र ब्रासलेट, म त तिम्रै हुँ तीन÷तीन विधाको मनोयनमा छन् । चलचित्र उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई÷दुई विधामा परेको आयोजकले जानकारी दिएको छ । एक विधाको मनोयन विधातर्फ चलचित्र द फेमस, विजुली मेसिन, डाइड्ड क्याण्डल, ब्रिन्दावन, पलाँस, हाउ फन्नी, राधा, उहिलेको बाजेको पालामा समावेश छन् ।
अवार्डमा सहभागी भएका ५५ चलचित्रमध्ये ३४ वटाले मनोयनको उत्कृष्ट पाँचमा स्थान बनाएका छन् । पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष शान्तिप्रियले अवार्डले चलचित्र क्षेत्रमा लागेकोहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।
पत्रकार सम्मेलनमा अवार्डको निर्णायक मण्डलमा लेखक तथा निर्देशक मोहान निरौलाको संयोजकत्वमा सञ्चारकर्मी एवम् निर्देशक विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ एवम् नेपालकै प्रथम महिला सिनेमाटोग्राफर शवनम मुखिया रहेको जनाएको छ ।