रामचन्द्र पौडेलको प्रश्न : केको लागि सरकार ?



काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी बैठकमा प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन्। पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी पराजीत भएको जिम्मा कसले लिने र पार्टी संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका हुन ।

कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिडाउँने कि नहिडाउँने भन्ने अहिलेको चासो र चिन्ताको विषय भएको जनाउँदै पौडेलले बैठकमा भने, ‘पार्टी्भित्र गतिशिलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जागर पैदा गराउने । के गरी जनतामा आशा र भरोसा जगाउँने त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ ।’

पार्टीले ठिक समयमा ठिक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराएका थिए । प्रधानमन्त्री निर्वाचनका साथै सरकार गठन र पार्टी सञ्चालनका विषयमा पनि छलफल नभएको भन्दै उनले असन्तुष्टी पनि पोखेका थिए । पहिलो चरणको निर्वाचनले राम्रो सन्देश नदिएको बताउँदै पौडेलले दोस्रो पनि राम्रो हुन नसके के हाल होला भन्नेमा पार्टीको ध्यान जानु पर्ने बताए । अहिलेको सन्दर्भमा पहिलो कुरा त प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ,’ उनले भने, ‘कांग्रेसको विकल्प खोज्न थालेको हो कि ? अलिकति गहिरिएर सोच्नु पर्छ । कांग्रेसको विकल्प कांग्रसभित्रै खोज्नु पर्छ । कांग्रेसले सही बाटो लिन्छ भन्ने सन्देश दिनुपर्छ । चुरो कुरा यही हो।’

दाहाल नेतृत्व सरकारमा रहेर पार्टीले फाइदा उठाउन नसकेको धारणा राख्दै पौडेलले जनताको विश्वास जित्न नेतृतवले त्याग गर्नु पर्ने धारणा राखेका थिए । ‘यो बेलामा जनतालाई विश्वास दिलाउने भनेको त्याग देखाउनु पर्छ । त्यागको समय हो यो । दलको नेता आफै हुनुहुन्छ । बहुमत पनि छ,’ पौडेलले भने, ‘प्रचण्डजीलाई यहाँ ल्याएर समर्थन पनि लिनु भएको छ। अब त्यस्तो अवस्थामा तपाईले त्याग गर्नु हुन्छ भन्ने मलाई विश्वास छैन। तपाई त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु ।’

पार्टी सभापतिले अब पार्टीलाई एक बनाएर लैजाने हो भने ठूलो छाती बनाएर अगाडि बढ्नु पर्दछ । सिंगो काँग्रेसको नेता र सभापति बन्ने कि नबन्ने भन्दै उनले भने, ‘सुधार तपाईबाटै शुरु हुनुपर्दछ । एउटा ठोस सन्देश जनतालाई दिन आवश्यक छ । यही परम्परागत शैलीमा सरकार बन्ने, फेरिने हो भने मलाई केही भन्नु छैन ।’

आगामी दिन अत्यन्त कठिन रहेको जनाउँदै पौडेलले पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ । सरकार कसरी बन्दछ भन्ने प्रश्न गरेका थिए । ‘यस्तो अवस्थामा अब पार्टी्भित्रको कार्यसञ्चालन, सरकार सञ्चालन, पार्टीका विभिन्न निकायहरु गठन, कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो, कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिड्ने हो यो एउटा व्यवहारिक पक्ष छ । यसपछि हामीले के गर्छौ, जनतालाई के सन्देश दिने हो ? धेरै प्रश्नहरु छन्,’ उनले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि