भूकम्पपीडितका लागि ‘टोल फ्री नम्बर’



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित लाभग्राहीलाई लक्षित गरी टोल फ्री नम्बर प्रयोगमा ल्याएको छ । प्राधिकरणले लाभग्राहीका समस्या तथा गुनासाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने गरी एनटीसी (नमस्ते) प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सेवा सञ्चालनमा आएको हो । उक्त सेवा लाभग्राहीहरूले २४सै घण्टा पाउन सक्नेछन् । निजी आवाससम्बन्धी कुनै गुनासो भएमा, पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिएमा पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत भूकम्पपीडित लाभग्राहीले प्राधिकरणमा फोन गर्न सक्ने प्राधिकरणले बताएको छ ।

भूकम्पपीडितलाई आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिए तथा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् । प्राधिकरणले यो सेवा भूकम्पपीडितका लागि निकै उपयोगी हुने बताएको छ । यस्तै, प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडित परिवारको विवरण सङ्कलन गर्न १३ जना महिला इञ्जिनीयरलाई जिल्लामा पठाएको छ ।

पहिलो चरणमा उनीहरूले नुवाकोट र दोलखाको स्थलगत निरीक्षणमा गएका इञ्जिनीयरले गुनासो सम्बोधन गर्दा पुनः जाँच तथा पुनः सर्वेक्षणमा परेका करीब १ हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुका कारण र उनीहरूको वास्तविक अवस्थावारे जानकारी लिने प्राधिकरणले बताएको छ । भूकम्पपछि सङ्कलन गरिएको सूचीमा समावेश नभएका भूकम्पपीडितहरूबारे पुनः सूचना सङ्कलन गरी प्राधिकरणले उनीहरूलाई पनि सरकारले सेवा उपलब्ध गराउनेछ । अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...