एमालेले आइतबार पनि संसद चल्न नदिने



 

 काठमाडौं । नेकपा एमालेले आइतबार पनि ससंद चल्न नदिने भएको छ । चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय र राष्टपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अधि बढाइएकोले संसद अबरुद्ध गर्ने भएको हो । बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले अन्ततः प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पदका लागि संसदमा देउवाको मात्रै उम्मेदवारी परेको छ । आइतबार संसदमा प्रधानमन्त्री चयन गर्ने कार्यसूचि छ ।
एमालेले संसदको अवरोध खोलेको छैन । भोलि पनि अवरोध जारी राख्ने र मतदानको प्रक्रियामा भाग नलिले उसले जनाएको छ ।
‘प्रधानमन्त्रीको चयन प्रक्रियामै हामीले असहमति जनाएका छौं,’ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले भने, ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण छ, यसमा एमाले सहभागी हुँदैन ।’प्रधानमन्त्री चयन गर्ने कार्यसूची रहेको भए पनि आइतबार एमालेले संसदको अवरोध जारी राख्ने र देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीति अघि सारेको छ

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम