कहाँ कसको जिल्ला समन्वय समिति ? २४ जिल्लामा एकल वर्चस्व



निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन गराउने तयारी सुरु गरेको छ । गाउँसभा र नगरसभा गठन भएको ३० दिनभित्र जिल्ला सभा र जिल्ला समन्वय समिति गठन गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो । नयाँ पत्रिकाले समाचार दिएको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार जिल्ला समन्वय समितिको निर्वाचन अधिकृत तोक्ने र कार्यतालिका तयार गर्ने काम आयोगले गर्नेछ ।

दलहरूलाई मतदाता जोगाउन धौधौ

कतिपय जिल्लामा समन्वय समिति गठन गर्न मतदाता तानातान हुने अवस्था छ । कुनै पनि दलको एकल वर्चश्व नभएका जिल्लामा दलहरूबीच तालमेल नभई समिति बन्न सक्ने अवस्था छैन ।

सल्यानमा समिति गठनका लागि मतदान गर्ने प्रतिनिधि एमाले र माओवादी केन्द्रबाट ७–७ जना छन् । कांग्रेससँग ६ जना मात्रै छन् । समिति बनाउन दुई दल मिल्नैपर्ने हुन्छ । हुम्लामा पनि यस्तै अवस्था छ । माओवादी ५, एमाले र कांग्रेसका ४–४ र स्वतन्त्र एक प्रतिनिधि छन् । मुस्ताङमा एमालेसँग ४ र कांग्रेससँग ५ मत छन् । एक स्वतन्त्र छन् । ती स्वतन्त्र एमालेनिकट हुन् । स्वतन्त्रले एमालेलाई समर्थन गर्दा दुवै पक्षसँग ५–५ मत हुन्छ ।

त्यस्तै, मनाङमा एमालेसँग ३ र कांग्रेससँग ४ मत छन् । स्वतन्त्र एक प्रतिनिधि एमालेको पक्षमा छन् । म्याग्दीमा पनि यस्तै अवस्था छ । बाग्लुङमा एमाले ६, कांग्रेस ८ र माओवादी केन्द्र २ मत छन् । माओवादीले एमालेलाई समर्थन गरे मत बराबर हुन्छ । हुम्लामा एमाले, कांग्रेस र माओवादीसँग ४–४ र एक स्वतन्त्र मत छ । जुम्लामा एमाले २, कांग्रेस ६ र माओवादीका ८ मत छन् । एमाले र कांग्रेस मिलेमा माओवादीसँग बराबर हुनेछ । जाजरकोटमा एमाले सँग ६, कांग्रेस र माओवादी केन्द्रसँग ४–४ मत छन ।

बराबर भए के हुन्छ ?
जिल्ला समन्वय समिति गठन गर्दा दलहरूले तालमेल गर्दा वा एकल रूपमा बराबर मतसंख्या आएमा कानुनी रूपमा गोलाप्रथाबाट टुंगो लगाइन्छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार जिल्लामा दलहरूबीच आपसी तालेमल भएर टुंगो लाग्न सक्छ । त्यसरी टुंगो लागेन र मतसंख्या बराबर आएमा गोलाप्रथा गरेर टुंगो लगाइन्छ ।

२४ जिल्लामा एकल वर्चस्व

१७ जिल्लामा एमालेः दैलेख, मुगु, डोल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, रसुवा, धादिङ, चितवन, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं

५ जिल्लामा कांग्रेसः सुर्खेत, गोरखा, तनहुँ, पूर्वी नवलपरासी र नुवाकोट

मनाङमाः कांग्रेस ४, एमाले ३, स्वतन्त्र १
सिन्धुलीः एमाले ७, माके ६, कांग्रेस ५
ललितपुरः कांग्रेस ६, एमाले ४, माके २
जाजरकोटः एमाले ६, कांग्रेस ४, माके ४
जुम्लाः माके ८, कांग्रेस ६, एमाले २
हुम्लाः माके ५, कांग्रेस ४, एमाले ४
सल्यानः एमाले ७, माके ७, कांग्रेस ६
बाग्लुङः कांग्रेस ८, एमाले ६, माके २
म्याग्दीः कांग्रेस ६, एमाले ५, राप्रपा १
मुस्ताङः कांग्रेस ५, एमाले ४, स्वतन्त्र १

यसरी बन्छ समिति
संविधानको धारा २२० अनुसार नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र समिति बनिसक्नुपर्छ । गाउँ र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख समितिका सदस्य हुन्छन् । जिल्ला सभाले एक प्रमुख, एक उपप्रमुख, कम्तिमा तीन महिला र कम्तिमा एक दलित वा अल्पसंख्यकसहित ६ देखि ९ सदस्यीय समिति चुन्छ ।

सम्बन्धित जिल्लाभित्रको गाउँ र नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य उम्मेदवार हुन सक्छन् । गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समितिको नेतृत्व छान्छन् । निर्वाचितको पुरानो पद स्वतः रिक्त हुन्छ । रिक्त पदमा फेरि निर्वाचनको कुनै व्यवस्था नभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

यी हुन् जिम्मेवारी
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय । विकास तथा निर्माणसम्बन्धी कार्यको अनुगमन । जिल्लामा रहने संघीय र प्रदेशअन्तर्गतका सरकारी कार्यालय र गाउँ र नगरपालिकाबीच समन्वय । प्रदेश कानुनबमोजिमका अन्य कार्य ।

जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्लासभासम्बन्धी अन्य व्यवस्था भने प्रदेश कानुनबमोजिम हुने संवैधानिक व्यवस्था छ ।

अब जिल्ला ७७
नवलपरासी र रुकुम टुक्रिएपछि जिल्लाको संख्या ७७ पुगेको छ । बजेटमा पनि टुक्रिएका क्षेत्रलाई बेग्लै जिल्ला मानिएको छ । यी दुवै जिल्लाका विभाजित तहमा दोस्रो चरणमा चुनाव हुँदै छ ।

निर्वाचनमा बेग्लै अहिले बेग्लै तालमेल

सल्यानका केही तहमा कांग्रेस र एमालेबीच तालमेल भएको थियो । जिल्ला समन्वय समितिमा भने कांग्रेस र माओवादी केन्द्रबीच तालमेलको सम्भावना छ ।

म्याग्दीमा एमाले र राप्रपाले तालमेल गरेका थिए । यो तालमेल कायमै रहे कांग्रेस र एमालेको बराबर ६ मत आउनेछ ।

यसरी बन्दै छ न्यायिक समिति
धारा २१७ अनुसार गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न न्यायिक समिति गठन गर्ने व्यवस्था छ । समिति उपप्रमुख(उपाध्यक्षको नेतृत्वमा तीन सदस्यीय हुनेछ । न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुईजनालाई सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि