उत्पादकको कमजोरीले औषधि अभाव



काठमाडौँ । विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ उपलब्ध नभएको कारण देखाउँदै स्वदेशी औषधि उत्पादक कम्पनी सरकारसँगको सम्झौताअनुसार औषधि आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेका छन् । औषधि उत्पादक कम्पनीको यो कमजोरीका कारण सरकारी स्वास्थ्य संस्था प्रभावित हुने जोखिम बढेको छ । सरकारले जनतालाई निःशुल्क वितरण गरिरहेका ती औषधि समयमै उपलब्ध नहुँदा सर्वसाधारण मारमा पर्न सक्ने भन्दै सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन् । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

अहिले मूल्य र प्रतिबन्धजस्ता विषयका कारण विदेशी औषधि विवादमा छन् । स्वदेशी औषधि उत्पादक कम्पनीले टेन्डर सम्झौताअनुसार सरकारलाई मेमा उपलब्ध गराउनुपर्ने औषधि उपलब्ध नगराई आपूर्तिका लागि थप समय मागेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार कच्चा पदार्थबाट बनेको औषधि उपलब्ध गराउने सम्झौता स्वदेशी औषधि उत्पादक कम्पनीसँग गरेको थियो । अन्य स्थानमा भने जीएमपीका आधारमा मात्रै औषधि उत्पादन हुँदै आएको छ ।

‘गुणस्तरीयता सुनिश्चित गर्न नेपालको प्रयोगशालाको गुणस्तरीयता मापन प्रविधि राम्रो नभएकाले हामीले विश्व स्वास्थ्य संगठनको जीएमपी कच्चा पदार्थ चाहियो भन्यौं र उहाँहरूले त्यो उपलब्ध गराउने सम्झौता गर्नुभएको थियो तर समयमै औषधि उपलब्ध गराउन सक्नुभएन,’ डा. टिंकरीले भन्नुभयो, ‘त्यसका कारण औषधि अभाव हुने जोखिम छ ।’

विदेशबाट कच्चा पदार्थ भित्याउन र औषधि उत्पादन गर्न समय लाग्ने भएकाले स्वदेशी उत्पादक कम्पनीले सरकारलाई औषधि आपूर्ति गर्न समय लाग्नेछ ।

स्वदेशी औषधि उत्पादक कम्पनीले कच्चा पदार्थ भारत, चीनसँगै जर्मनीलगायत मुलुकबाट ल्याउने तयारी गरेका थिए । समुद्र पार गर्दै हवाई माध्यमबाट ल्याइने कच्चा पदार्थ महँगो पर्ने गर्छ ।

सरकार र उत्पादक दुवै दोषी
स्वदेशी औषधि उत्पादकले औषधि निर्माणका लागि धेरै कच्चा पदार्थ चीन हुँदै भारतबाट ल्याउने गर्छन् । कतिपयले युरोपबाट पनि कच्चा पदार्थ भित्याउने गरेका छन् ।

विकल्पको खोजी
स्वदेशी औषधि उत्पादक कम्पनीले समयमै औषधि आपूर्ति गर्न नसकेपछि त्यसको विकल्पको खोजी भइरहेको छ । नियमले सरकारले अन्य मुलुकसँग सिधै औषधि खरिद गर्न सक्ने बाटो पनि खुला गरेको छ । त्यो विकल्पबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

अभाव नहुने
नेपाल औषधि उत्पादक संघले कच्चा पदार्थ आउन ढिलाइ भए पनि औषधि अभाव हुन नदिने दाबी गरेको छ । संघले विज्ञप्ति जारी गर्दै औषधि व्यवस्था विभागले तोकेको मापदण्डभन्दा फरक रही बोलपत्र आह्वान गरेका कारण उक्त कच्चा पदार्थ पुनः आयात गर्न केही दिन लाग्ने भए पनि औषधि नियमित आपूर्तिमा व्यवधान नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।

उचित मूल्यमा उच्च गुणस्तरको औषधि सर्वसाधारणलाई उपलब्ध गराउने काममा लागिरहेका बेला भ्रम फैलाइएको संघको आरोप छ । संघले स्वदेशी औषधि उत्पादकसँग एक वर्षसम्म पुग्ने औषधि मौज्दात रहेको र कम्तीमा ९० दिनलाई पुग्ने कच्चा पदार्थसमेत रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्