केपी ओली-कमल थापाबीच वार्ता



हाम्रो इकोनोमि

काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा विपक्षमा उभिन एमालेले गरेको आग्रहराई राष्ट्रिय प्रजातन्त्र पार्टीले अस्वीकार गरिदिएको छ ।

सिंहदरबारस्ति एमालेको संसदीय दलको कार्यालयमा शुक्रबार दिउँसो अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच भएको वार्तामा कांग्रेस–माओवादी केन्द्रको गठबनधनको विपक्षमा उभिने विषयमा छलफल भएको हो । ओलीले वर्तमान सरकारलाई असयोग गर्ने दलहरूको मोर्चामा आउन थापासँग आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओलीसँगको वार्तापछि सम्वाददाताहरूसँग कुरागर्दै राप्रपा अध्यक्ष कमल थापाले एमालेले आफ्नो हठ् त्याग्नुपर्ने बताए । उनले भने, ‘एमालेले पनि संसद चल्न दिनुपर्छ । हठ त्याग्नु पर्छ । भरतपुरको मतगणना सुरुचारु गर्नुपर्छ ।’

भरतपुरमा च्यातिएका मतपत्रलाई बदर गर्ने कानूनी व्यवस्था रहेको भन्द्र अध्यक्ष थापाले भने, ‘च्यातिएका मतपत्रलाई बदर गरेर मतगणना गर्न सकिन्छ । यही सुझाव दिएको छु ।’

प्रधानमन्त्री निर्वाचनका विषयमा अध्यक्ष थापाले भने, ‘संसद अबरोध भएको अवस्थामा सूचनाबाट प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन सकिन्छ । त्यो कानूनी व्यवस्था छ । तर, एमालेले सदन चल्न दिनुपर्छ भनेको छु ।’

सरकार गठनका बेला राप्रपाले के गर्छ भन्ने प्रश्नमा अध्यक्ष थापाले भने, ‘अहिले नै यही हुन्छ भन्ने छैन । तर, पार्टीमा सरसल्लाह गरेर प्रधानमन्त्री निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने अवस्था रहन सक्छ ।’दैनिक नेपाल

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...