आइतबार प्रधानमन्त्रीका लागि निर्वाचन हुने



काठमाडौँ । सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतको विपक्षी दलले लगातार व्यवस्थापिका संसद अवरुद्ध गरेपछिसूचना टाँसेर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्नु परेको बताउनु भएको छ । 

सभामुख घर्तीले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिनु भएकाले प्रधानमन्त्री चयनको कार्यतालिका सार्वजनिक गर्नु परेको बताउनु भएको छ । 

संसद सचिवालयले सार्वजनिक गरेको प्रधानमन्त्री निर्वाचन तालिका अनुसार शनिबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको छ । आइतबार बिहान ११ बजेको संसद बैठकमा निर्वाचन हुनेछ ।

यसअघि प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहमतिको प्रयासका लागि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समिति र दिउँसो तीन दलको बैठकमा सत्तापक्ष र विपक्षी दलबीच सहमति हुन सकेन । 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम