जनप्रतिनिधिलाई सरकारको अंकुश, आफूखुसी कार्यक्रम घोषणा नगर्न निर्देशन



हाम्रो इकोनोमि

काठमाडौँ । सरकारले स्थानीय निकायका नवनिर्वाचित पदाधिकारीलाई आफूखुशी कार्यक्रम घोषणा नगर्न निर्देशन दिएको छ । मुख्यसचिव सोमलाल सुवेदीले अर्थ मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवलाई बोलाएर स्थानीय तहका प्रतिनिधिलाई कार्यक्रम घोषणा गर्न तत्काल रोक्ने गरी परिपत्र गर्न निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचन सम्पन्न भएका स्थानीय तहमा आफूखुसी कार्यक्रम रोक्न निर्देशन दिने भएको छ । ‘स्थानीय तह स्थानीय सरकार भएकाले त्यसका प्रतिनिधिले आफूखुसी कार्यक्रम घोषणा गर्न मिल्दैन’, योजना आयोगका सचिव विष्णुप्रसाद लम्सालले भने, ‘त्यसले विकृति ल्याउने र आर्थिक अपारदर्शिता बढ्ने भएकाले बजेट र कार्यक्रम बनाएर परिषद्बाट अनुमोदन गरेर मात्रै नयाँ कार्यक्रम घोषणा गर्न स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गर्ने निर्णय भएको छ ।’ बैठकले स्थानीय तहमा केन्द्रले दिने बजेट रातो किताबको भाग २ मा परेकाले सोहीअनुसार कार्यक्रम मात्रै लागू गर्न र नयाँ कार्यक्रम घोषणा गर्न नहुने निर्णय गरेको छ ।

मुख्यसचिव सुवेदीले अर्थ मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई विनियोजन विधेयकबमोजिम कार्य्विधि र मापदण्ड बनाउन निर्देशन दिएका छन् ।उक्त विधेयकबमोजिम कार्य्विधि र मापदण्ड नबनाउँदासम्म र स्थानीय तहको परिषदअघि कुनै पनि तदर्थ निर्णय नलिन निर्देशन दिएको हो । बैठकले स्थानीय तहको सम्भावित वित्तीय जोखिम न्यूनीकरण एवं मूल्यांकनका लागि आवश्यक मापदण्ड बनाउन निर्देशन दिएका छन् । सबै आर्थिक अधिकार स्थानीय तहमा गएकाले त्यसको दुरुपयोग हुन्छ कि भन्ने विषयमा सरकारले चिन्ता जनाएको हो । बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा हुनसक्ने सम्भावित वित्तीय जोखिम न्यूनीकरण एवं मूल्यांकनका लागि आवश्यक मापदण्ड बनाएर जारी गर्ने पनि निर्णय गरेको छ ।

यस्तै मुख्यसचिव सुवेदीले नेपालको संविधान र प्रस्तावित अन्य ऐन (कानुन अनुकूल हुनेगरी अर्थ मन्त्रालयलाई वैदेशिक सहायता नीति परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नयाँ संविधान र ऐन बनेपछि पुरानो वैदेशिक सहायता नीति पनि परिवर्तन गर्नुपर्ने भन्दै सुवेदीले त्यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...