नयाँ सरकार नबन्दै मन्त्रालयमा भागबण्डा ?



काठमाडौँ । नयाँ सरकार नबन्दै सत्तासीन नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलाउन छलफल सुरु गरेको छ ।

यसअघि माओवादीले लिएका मन्त्रालय काँग्रेसले र काँग्रेसको भागमा परेका मन्त्रालय माओवादीले राख्ने गरी सहमति भएको छ । तर माओवादीलाई यसअघि काँग्रेसले लिएको संख्या भन्दा तीन मन्त्रालय घटाउने कुराप्रति माओवादी केन्द्रले तीव्र असन्तुष्टि जनाएको बुझिएको छ ।

यसअघि माओवादीले ९ र काँग्रेसले १३ मन्त्रालय सम्हाल्ने गरी सहमति भएको थियो । नयाँ बन्ने सरकारमा गृहमन्त्रालय माओवादी केन्द्रले लिने भएको छ भने अर्थ मन्त्रालय नेपाली काँग्रेसले लिने सहमति भइसकेको छ । बाँकी महत्वपूर्ण मन्त्रालय दिनुपर्ने माओवादी केन्द्रको दाबी छ ।

नेकपा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने सरकारमा अर्थ मन्त्रालय नेपाली काँग्रेस र गृह मन्त्रालय माओवादीले लिने सहमति भइसकेको र अन्य मन्त्रालयको हकमा सरकारमा सहभागी हुने अरु दलले दाबी गरेका आधारमा मन्त्रालय भागबण्डा गर्ने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन