नयाँ सरकार नबन्दै मन्त्रालयमा भागबण्डा ?



हाम्रो इकोनोमि

काठमाडौँ । नयाँ सरकार नबन्दै सत्तासीन नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलाउन छलफल सुरु गरेको छ ।

यसअघि माओवादीले लिएका मन्त्रालय काँग्रेसले र काँग्रेसको भागमा परेका मन्त्रालय माओवादीले राख्ने गरी सहमति भएको छ । तर माओवादीलाई यसअघि काँग्रेसले लिएको संख्या भन्दा तीन मन्त्रालय घटाउने कुराप्रति माओवादी केन्द्रले तीव्र असन्तुष्टि जनाएको बुझिएको छ ।

यसअघि माओवादीले ९ र काँग्रेसले १३ मन्त्रालय सम्हाल्ने गरी सहमति भएको थियो । नयाँ बन्ने सरकारमा गृहमन्त्रालय माओवादी केन्द्रले लिने भएको छ भने अर्थ मन्त्रालय नेपाली काँग्रेसले लिने सहमति भइसकेको छ । बाँकी महत्वपूर्ण मन्त्रालय दिनुपर्ने माओवादी केन्द्रको दाबी छ ।

नेकपा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने सरकारमा अर्थ मन्त्रालय नेपाली काँग्रेस र गृह मन्त्रालय माओवादीले लिने सहमति भइसकेको र अन्य मन्त्रालयको हकमा सरकारमा सहभागी हुने अरु दलले दाबी गरेका आधारमा मन्त्रालय भागबण्डा गर्ने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...