गीतकार कुसुम गजमेरको निधन



काठमाडौँ । गीतकार कुसुम गजमेरको बिहीबार निधन भएको छ । कलेजोसम्बन्धी रोगबाट ग्रस्त हुनुभएकी संगीतकार गजमेरको भारतको मुम्बइमा उपचारका क्रममा निधन भएको हो ।

नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी गजमेरको मोहनी लाग्ला है, वीरताको चीनो, झझल्को लिएर आएछ साउन, यो मुटुलाई, चिया बारीमा, माया के होला जस्ता गीतहरु निक्कै लोकप्रिय छन् ।

गजमेरले लेखेका गीतहरुमा आशा भोस्ले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन् । कुशुमका गीतहरु अहिले पनि त्यतिकै लोकप्रिय छन् ।

भारतको दार्जलिङमा विक्रम संवत २००२ असोज १७ गते जन्मेकी ७२ वर्षीय गजमेर लामो समयदेखि मुम्बईमा बस्दै आउनु भएको थियो । वरिष्ठ संगीतकार रञ्जीत गजमेरकी श्रीमती कुसुमले कुसुमे रुमाल, दर्पण छाँया, बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुलगायत थुप्रै नेपाली चलचित्रमा गीत लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्