दशलाखले हेरे बद्री पँगेनीको राजनीतिक गीत



हाम्रो इकोनोमि

काठमाडौँ । लोकगायक बद्री पँगेनी हरेक वर्ष नयाँ लोकगीत गाएर सदावहार लोकगायकको परिचय बनाउन सफल छन् । त्यतिमात्र होइन, पछिल्लो समय उनी जनताका गीतलाई लोकलयमा ढालेर लोकप्रियता कमाएर जनगायकको परिचय बनाएका छन् । 

तर यतिखेर भने उनको चर्चा एमालेको चुनावी गीतसँग जोडिएको छ । उनले गाएको ‘सही पनि एमाले, मै पनि एमाले’ राजनीतिक गीत युटुबमा १० लाखको हाराहारीमा दर्शकले हेरेका छन् । 

स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बनाइएको एमालेको गीत हेर्नेको संख्या अत्यधिक देखिएको हो । प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तहको निर्वाचनताका नै यो गीत हेर्नेको संख्या १० लाख पुगेको हो । अझै प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन बाँकी नै छ । सरकारले जेठ ३१, असार ९ हुँदै असार १४ गते दोस्रो तहको निर्वाचनको तयारी गर्दा फाइदा भने पँगेनीलाई पुगेको छ । उनको गीत एमालेले प्रचार अभियानमा बजाएको छ भने युटुबमा पनि हेर्नेको संख्या अत्यधिक हुँदैछ । गीतमा पँगेनीलाई प्रिया भण्डारीले साथ दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
पदम लाेहारकाे प्रस्तुती “राजकुमार” बाेलकाे गीत सार्वजनिक

    पदम लोहारको प्रस्तुतीमा राजकुमार बोलको गीत सार्वजनिक भएको छ । पदमकै...

माग्ने बुढाको कमेडी हब भोलिदेखि प्रशारणमा आउँदै

    हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी...

आयो एमालेको अर्काे चर्चित चुनावी गीत (भिडिओसहित)

    पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित...

अब आफ्नै मोबाइल बाट कोरोना (Covid-19) को खोपको लागि यसरी आबेदन दिनुहोस

  अब आफ्नै मोबाइल बाट कोरोना (Covid-19) को खोपको लागि यसरी आबेदन दिनुहोस...