आयो एमालेको अर्काे चर्चित चुनावी गीत (भिडिओसहित)



हाम्रो इकोनोमि

 

 

पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ ।

मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिनुभएको छ।चर्चित गायक खाँण नेपाली कांग्रेस निकट मानिनुहुन्छ । त्यस्तै कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुनी, हे बरै नहुने सल्लैको’ बोलको गीत सर्वाधिक लोकप्रिय बनेको थियो ।

यसपटक लोकप्रिय कलाकारहरु समेटर चुनावी गीत ल्याएको हो । डिम प्रसाद पौडेल, राजेन्द्र सापकोटा लगायत निर्माता रहेको सो गीतमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने उहाँहरुको भनाई छ । सैं पनि एमाले बोलको गीतले ४२ लाख बढी भ्युज कलेक्सन गरेर त्यो बेला युट्युब ट्रेण्डिङमा थियो । ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीत युट्युबमा अपलोड भएको एक घण्टामै ५ हजार बढी भ्युज कटेको छ । यो गीत पनि पहिलेको जस्तै लोकप्रिय हुने कलाकारहरुले विश्वास लिएका छन् ।

सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ, गंगा पुन, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, डोलराज मगर, प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश रहेको छ

सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ, गंगा पुन, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, डोलराज मगर, प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...