काठमाडौँका जनप्रतिनिधिले लिए शपथ



हाम्रो इकोनोमि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गरेका हुन् । प्रमुख र उपप्रमुखलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्षलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । प्रमुख, उपप्रमुख दुवैले नेपाली र नेपाल भाषामा शपथ लिए ।

प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्न सबै दलसँग मिलेर काम गर्ने बताए । उनले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै धार्मिक सम्पदा संरक्षण गरी पर्यटकीयस्थल बनाउन नगरबासीसँगको सहकार्य आवश्यक पर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...