आर्थिक वृद्धिदर महत्वाकांक्षी भएको चेम्बरको ठहर



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७४–०७५ को लागि सरकारले सार्वजनिक गरेको बजेट मिश्रित भएको जनाएको छ । चेम्बरले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘राम्रा कुराहरु हुँदाहुँदै पनि धेरै सुधार गर्नुपर्ने देखिएको छ ।’ विषम् परिस्थितिमा आएकाले बजेटमा व्यवस्था गरिएका संघीयता कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, रोजगारीका अवसरमा वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य हासिलमा शंका रहेको चेम्बरको प्रतिक्रिया छ । यस्तै, राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा तीव्रता, कृषिको आधुनिकीकरण, व्यावसायिक र यान्त्रिकीकरण साथै सडक, रेलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र स्तरोन्नति, पर्यटन पूर्वाधार र विकास प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा लगानी, बैंक तथा वित्तीय संस्थाको नियमन र व्यवस्थित सञ्चालनमा चुनौति देखिएको चेम्बरको धारणा छ । चेम्बरले अत्यावश्यक उपभोग्य बस्तुको सहज आपूर्ति, भण्डारण र वितरण प्रणालीलाई विशेष महत्व दिइनु सकारात्मक पक्ष रहेको समेत जनाएको छ ।

आर्थिक वृद्धिको लक्ष्य बढी नै महत्वाकांक्षी छ । आर्थिक वृद्धि लक्ष्य हासिल गर्न विनियोजित बजेट पूर्णरुपमा खर्च गर्न सकियो भने मात्रै सम्भव देखिएको चेम्बरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...