आर्थिक वृद्धिदर महत्वाकांक्षी भएको चेम्बरको ठहर



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७४–०७५ को लागि सरकारले सार्वजनिक गरेको बजेट मिश्रित भएको जनाएको छ । चेम्बरले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘राम्रा कुराहरु हुँदाहुँदै पनि धेरै सुधार गर्नुपर्ने देखिएको छ ।’ विषम् परिस्थितिमा आएकाले बजेटमा व्यवस्था गरिएका संघीयता कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, रोजगारीका अवसरमा वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य हासिलमा शंका रहेको चेम्बरको प्रतिक्रिया छ । यस्तै, राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा तीव्रता, कृषिको आधुनिकीकरण, व्यावसायिक र यान्त्रिकीकरण साथै सडक, रेलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र स्तरोन्नति, पर्यटन पूर्वाधार र विकास प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा लगानी, बैंक तथा वित्तीय संस्थाको नियमन र व्यवस्थित सञ्चालनमा चुनौति देखिएको चेम्बरको धारणा छ । चेम्बरले अत्यावश्यक उपभोग्य बस्तुको सहज आपूर्ति, भण्डारण र वितरण प्रणालीलाई विशेष महत्व दिइनु सकारात्मक पक्ष रहेको समेत जनाएको छ ।

आर्थिक वृद्धिको लक्ष्य बढी नै महत्वाकांक्षी छ । आर्थिक वृद्धि लक्ष्य हासिल गर्न विनियोजित बजेट पूर्णरुपमा खर्च गर्न सकियो भने मात्रै सम्भव देखिएको चेम्बरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्