नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार अपराह्नसम्म अवरुद्ध



हाम्रो इकोनोमि

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।

बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिराले ५० मि सडक ढाकेको छ । खनालका अनुसार करिब आठ हजार घनमिटर पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा दुई वटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाट मात्र पहिरो पन्छाउने काम भइरहेको छ । एउटा ब्रेकरले ढुङ्गा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...