फुङलिङ– १ र २ मा एमाले, श्रीजङ्गा– २ र ८ मा काँग्रेस



ताप्लेजुङ । फुङलिङ नगरपालिका–१ का वडाध्यक्षमा नेकपा (एमाले)का पदम सुनुवार २६१ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दिलकुमार मादेनले १९४ मत प्राप्त गर्नुभयो । यस्तै फुङलिङ–११ मा माओवादी केन्द्रका योगेश भट्टराई ३१३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्र विष्टले ३०७ मत प्राप्त गर्नुभयो । उक्त वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ ।

फुङलिङ–२ का वडाध्यक्षमा एमालेका मोहन न्यौपाने ४५९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जङ्ग बस्नेतले २२६ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पूरै समूह विजयी भएको छ ।

यसैगरी श्रीजङ्गा गाउँपालिका–२ का वडाध्यक्षमा काँग्रेसका लालकृष्ण चौहान ४९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद विष्टले ३२८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ ।

यस्तै श्रीजङ्गा– ८ का वडाध्यक्षमा काँग्रेसका टशी लामा २०२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सोमबहादुर राईले ८२ मत प्राप्त गर्नुभयो । उक्त वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ ।

त्यस्तै सिदिङ्वा गाउँपालिका–७ का वडाध्यक्षमा काँग्रेसका तीर्थकुमार राई ४०८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भूमिराज तामाङले २७९ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ । ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि