फुङलिङ– १ र २ मा एमाले, श्रीजङ्गा– २ र ८ मा काँग्रेस



हाम्रो इकोनोमि

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१ का वडाध्यक्षमा नेकपा (एमाले)का पदम सुनुवार २६१ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दिलकुमार मादेनले १९४ मत प्राप्त गर्नुभयो । यस्तै फुङलिङ–११ मा माओवादी केन्द्रका योगेश भट्टराई ३१३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्र विष्टले ३०७ मत प्राप्त गर्नुभयो । उक्त वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ ।

फुङलिङ–२ का वडाध्यक्षमा एमालेका मोहन न्यौपाने ४५९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जङ्ग बस्नेतले २२६ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पूरै समूह विजयी भएको छ ।

यसैगरी श्रीजङ्गा गाउँपालिका–२ का वडाध्यक्षमा काँग्रेसका लालकृष्ण चौहान ४९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद विष्टले ३२८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ ।

यस्तै श्रीजङ्गा– ८ का वडाध्यक्षमा काँग्रेसका टशी लामा २०२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सोमबहादुर राईले ८२ मत प्राप्त गर्नुभयो । उक्त वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ ।

त्यस्तै सिदिङ्वा गाउँपालिका–७ का वडाध्यक्षमा काँग्रेसका तीर्थकुमार राई ४०८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भूमिराज तामाङले २७९ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ । ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...