लागुऔषधसहित भारतीय पक्राउ



हाम्रो इकोनोमि

लहान । लागुऔषध चरेस र गाँजासहित प्रहरीले आज सिरहाको लहानबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ स्थित भोटियाटोल नजिकै सडक छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध चरेस र गाँजासहित भारतको विहार राज्यअन्तर्गत सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत निवासी ३७ वर्षीय श्यामसुन्दरप्रसाद सुनारलाई पक्राउ गरेको हो ।

अभियुक्त सुनारका साथबाट प्लास्टिकको झोलामा टेपले बेरिएका अवस्थामा दुई किलो चरेस र ९८० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...