पथरी शनिश्चरे– १ र बाजुरा गौमूलमा एमाले विजयी



हाम्रो इकोनोमि

उर्लाबारी (मोरङ) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं– १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक हजार १११ मत प्राप्त गर्नुभयो । सो वडामा चार हजार १५२ मत खसेको थियो ।

यस्तै वडा सदस्यहरुमा एमालेकै रोमान्सी धिमाल, इन्दिरा सुन्दास, दुर्गाप्रसाद सिटौला र धनप्रसाद साँवा विजयी हुनुभएका छन् ।

गौमूलमा एमाले विजयी

बाजुराको गौमूल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उमा रोकाया एक हजार ५५५ मत प्राप्त गर्नुभयो । गौमूल गाउँपालिकाको चारवटा वडामा एमाले र दुईवटामा काँग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...