सिगास–१ र पाटन–९ मा एमाले विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र ऐरीले २२९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सदस्यमा एमालेका मञ्जुकुमारी अवस्थी, कलावती चर्मकार, दानबहादुर ऐरी र खुला सदस्यमा काँग्रेसका लालसिंह धामी विजयी भएका छन् ।

पाटन–९ मा एमाले विजयी

बैतडीको पाटन नगरपालिका वडा नं ९ को अध्यक्षमा एमालेका लोकेन्द्र भण्डारीको समूह विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णसिंह भाटलाई १०५ मतअन्तरले पछि पार्दै भण्डारी विजयी हुनुभएको हो ।

विजयी भण्डारीले ३९० मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा सुनिता भट्ट, दलित महिला सदस्यमा सरु लुहार र सदस्यहरुमा इन्द्रसिंह बोहरा र रामसिंह भाट विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...