रिब्दीकोट–१ मा काँग्रेस, २ र ३ मा एमाले विजयी



पाल्पा । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् ।

वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन् । उहाँहरु सबैजना काँग्रेसकै हुन् ।

यसैगरी रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्षमा एमालेका रामचन्द्र नेपालले ५७४ मत प्राप्त गरी विजय भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अमरबहादुर सारुले ५४२ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै रिब्दीकोट गाउँपालिका– ३ को वडाध्यक्षमा एमालेका विष्णुप्रसाद खनालले ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नरेन्द्र आमात्यले ४०८ मत प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई