रिब्दीकोट–१ मा काँग्रेस, २ र ३ मा एमाले विजयी



हाम्रो इकोनोमि

पाल्पा । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् ।

वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन् । उहाँहरु सबैजना काँग्रेसकै हुन् ।

यसैगरी रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्षमा एमालेका रामचन्द्र नेपालले ५७४ मत प्राप्त गरी विजय भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अमरबहादुर सारुले ५४२ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै रिब्दीकोट गाउँपालिका– ३ को वडाध्यक्षमा एमालेका विष्णुप्रसाद खनालले ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नरेन्द्र आमात्यले ४०८ मत प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...