माओवादीको विजयजुलुसमा आक्रमण,सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



हाम्रो इकोनोमि

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाको १ नं वडामा माओवादी केन्द्रका उम्मेदवारहरुको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार राती मत परिणाम आएपछि सुरु गरिएको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बहादुर मल्लले जानकारी दिए ।

उक्त आक्रमणमा तीन जना घाईते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ । टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद घाईते भएका छन् ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको भएपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...