भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी



हाम्रो इकोनोमि

भोजपुर । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा (माओवादी केन्द्र) र भोजपुर नपा– २ मा नेकपा (एमाले) विजयी भएको छ ।

भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गर्नुभएको हो । भोजपुर नपा– ४ को वडाध्यक्षमा काँग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी हुनुभयो । उक्त वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यस्तै भोजपुर नपा– ८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको हो ।

यसैगरी भोजपुर नपा– ७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी हुनुभयो । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो ।
भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी हुनुभयो । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...