गाईघाटमा एमाले र माओवादी केन्द्र विजयी



हाम्रो इकोनोमि

गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानीय तहको वडामा एमालेका समूह विजयी भएका छन् ।

कटारी नगरपालिका वडा नं १४ को अध्यक्षमा एमालेका तेजबहादुर आले मगरले ५५३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै वडा सदस्यमा एमालेकै ओममाया कामी, डुकमाया मगर, लीबहादुर थापा, स्यामबहादुर राई विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको उदयपुरगढी गाउँपालिका– २ मा एमालेका इन्द्रबहादुर राउत ३५६ मत प्राप्त गरी वडाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

वडा सदस्यमा एमालेकै सूर्य मगर, भक्त तामाङ, मैना तामाङ र सोममाया गजमेर विजयी भएको निर्वाचन अधिकृत रुद्रबहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै ताप्ली गाउँपालिकाको वडा नं १ र २ को अध्यक्षमा एमालेका क्रमशः गोविन्दविक्रम सेन र धर्मराज राई विजयी हुनुभएको छ ।

कटारी नगरपालिकाको वडा नं १३ को अध्यक्षमा माओवादी केन्द्रका नेत्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ४९८ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा माओवादी केन्द्रका विन्दामाया मगर, छिन्नमाया सार्की, डिम्पल भुजेल र रेशम बराइली विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताउनुभयो ।

त्यस्तै त्रियुगा नगरपालिका वडा नं १६ को अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर राई विजयी भएको छ ।

राईले ७५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...