एमाले कांग्रेसबीच कडा टक्कर,कसले खायो बढी ठक्कर



गणना भइरहेका २६१ स्थानमध्ये १०६ मा कांग्रेस, १०१ मा एमाले र ३७ स्थानमा माओवादीको अग्रता छ। बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ।
अहिलेसम्म प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा सम्पन्न निर्वाचनको जारी मतगणनाको रुझानमा कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसले अहिलेसम्म १ सय ६ स्थानमा अग्रता लिएको छ भने उसलाई झिनो मत अन्तरले एमालेले पछ्याइरहेको छ। एमालेले १ सय १ स्थानमा र माओवादी ३७ स्थानमा अग्रता लिइरहका छन्।
चौथो ठूलो दल राप्रपा २, संघीय समाजवादी फोरम ४, फोरम लोकतान्त्रिक ३ र अन्य ८ स्थानमा अग्रता लिइरहेका छन्।
अहिलेसम्म ४ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ।
चार स्थानको नतिजा अनुसार, नेकपा एमाले २ स्थानीय तहमा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक एक स्थानमा विजयी भएका छन्। बिराटनगर महानगरपालिकामा शुक्रबार बिहानसम्मको ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भीम पराजुलीले १५२ मत प्राप्त गरी अग्रता लिएका छन् ।

त्यसैगरी एमालेका मेयरका उम्मेदवार विनोद ढकालले ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी माओवादी केन्द्रसँग गठबन्धन गरेको संघीय समाजवादी फोरमका तर्फबाट मेयरका उम्मेदवार रहेका उमेश यादवले ८ मत प्राप्त गरेका छन् ।

उता दाङका १० वटै स्थानीय तहमा मतगणना जारी छ । बबई गाउँपालिकामा फर्जी मतको विषयलाई लिएर विवाद भएपछि आज बिहान ११ बजेबाटमात्र मतगणना सुरु भएको छ ।
शुक्रबार मध्यान्ह १२ बजेसम्मको परिणामअनुसार एमाले ४, माओवादी ३ र कांग्रेस २ स्थानीय तहमा अगाडि छन् ।
घोराही र तुलसीपुर उपमहानगरपालिका तथा दंगिशरण र गढवा गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ ।राजपुर, शान्तिनगर र बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ ।लमही नगरपालिका र राप्ती गाउँपालिकामा कांग्रेस अगाडि छ ।
मध्याह्न १२ बजेसम्मको मतपरिणाम
ढिला गरी सुरु भएको बबई गाउँपालिकाको मतगणनाको प्रारम्भिक परिणाम आइसकेको छैन । हस्तनापुर ‘ख’ केन्द्रमा एमालेले फर्जी मत खसालेको भन्दै कांग्रेस र माओवादीले विरोध जनाएपछि मतगणना आजबाट मात्रै सुरु गरिएको छ ।

उपमेयरतर्फ कांग्रेसका उपमेयर इन्दिरा कार्कीले ११५ मत प्राप्त गरेकी छिन् । एमालेसाग गठवन्धन गरिएको फोरम लोकतान्त्रिकका तर्फबाट उपमेयरका उम्मेदवार सुची चौधरीले ५७ मत प्राप्त गरेकी छिन् । त्यसैगरी संघीय समाजवादी फोरमसाग तालमेल गरेको माओवादी केन्द्र तर्फबाट उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपानेले ४७ मत प्राप्त गरेकी छिन।

बाजुराको छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा काँग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गर्नुभएको छ ।
छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।
बूढीनन्दा नगरपालिका–३ मा काँग्रेस विजयी
त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली काँग्रेस समूह विजयी भएका छन् ।
वडाध्यक्षमा काँग्रेसका रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर रोकायाले ४५३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्