पाटनमा काँग्रेस र रामपुरमा एमालेको समूह विजयी



काठमाण्डौं । बैतडीको पाटन नगरपालिकाको– ५ मा नेपाली काँग्रेसका फुनीसिंह बोहरा २७१ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी एमालेका भरतसिंह ठगुन्नाले २५० मत ल्याउनुभयो । चार सदस्यमा भने एमालेका वसन्ती ठगुन्ना, द्रौेपती विक, नरेन्द्र चन्द र ललित ठगुन्ना विजयी हुनुभएको छ ।

तेस्तै पाल्पाको रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ ।

वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै वडा नं १० मा पनि वडाध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार लीलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी हुनभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज पाठकले ८४३ मत ल्याउनुभएको छ ।

रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । बिहीबार साँझपखबाट मतगणना सुरु भएको रामपुर नगरपालिकामा– ८ वटा वडाको मतगणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा