सुनसरीमा काँग्रेस अगाडि



इटहरी । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा (एमाले)ले दोस्रो स्थान हासिल गरिरहेको छ ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहनुभएको छ । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत ल्याउनुभएको छ ।

चुनावी प्रतिस्पर्धामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख लक्ष्मी गौतमले ५९८ मत ल्याउनुभएको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिनुभएको छ ।

त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार नेकाका उम्मेदवार तिलक राईले ५०० मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा नेकाकै श्यामा रेग्मीले ४९५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वीका रुपमा रहनुभएका नेकपा (एमाले)का तारा सुब्बाले २७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जयप्रसाद महतले जानकारी दिनुभएको छ ।

इनरुवा नगरपालिकामा नेकाका राजन मेहताले ७६८ र उपप्रमुखले ७१९ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४३२ र उपप्रमुखले ३९४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले पनि एक हजार ७७ मत ल्याई अग्रता लिनुभएको छ । बराह नगरपालिकामा नेकपा (एमाले)का निलम खनालले ८८८ र उपप्रमुखले ८७३ मत प्राप्त गरी पच्छ्याई रहनुभएको छ ।

भोक्राहा गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गर्नुभएको छ भने संघीय समाजवादी फोरमा नेपालका अध्यक्ष उम्मेदबारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४१५, उपाध्यक्षले ४१९ तथा नेकाका अध्यक्षले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गर्नुभएको छ भने यहाँ नेकपा (एमाले) अहिले तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम