कांग्रेसको फराकिलो अन्तर,भोजपुर र डोटीमा कांग्रेस अगाडी



भोजपुर नगरपालिकालगायत विभिन्न गाउँपालिकामा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ ।
जारी मतगणनाको प्राप्त परिणामअनुसार प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । भोजपुर नगरपालिकाको प्राप्त विवरणअनुसार प्रमुखमा नेकाका कैलाशकुमार आलेले एक हजार ३३९ र उपप्रमुखमा कृतिकुमारी कार्कीले एक हजार ३२१ मत प्राप्त गर्नुभएको छ भने एमालेका प्रमुख गणेश श्रेष्ठले एक हजार २३४ र उपप्रमुखमा ममिता राईले एक हजार २५२ मतले पछ्याई रहनुभएको छ ।
त्यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदबार शरणकुमार तामाङले ४८५ र उपप्रमुख मोनिका राईले ४७८ मत प्राप्त गर्नुभएको छ ।
षडानन्द नगरपालिकामा नेकाका प्रमुखको ४१८ र एमालेका प्रमुखले २५१ मतले पछ्याई रहनुभएको हो ।
जिल्लाको अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिकामा नेकाको अग्रता कायम रहेको छ ।
ट्याम्केमयुङ्ग, साल्पासिलिछो र आमचोक गाउँपालिकामा एमालेको अग्रता छ भने रामप्रसाद राई गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको हो ।

डोटीमा काँग्रेसको अग्रत

जारी मतगणनामा डोटीका अधिकांश स्थानीय तहमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । नौवटा स्थानीय तहमध्ये अध्यक्ष÷प्रमुख पदमा काँग्रेसले ६ वटा तहमा अग्रता लिइरहेको छ भने दुईवटामा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिइरहेको छ ।

दीपायल सिलगढी नगरपालिकामा नेकाका प्रमुखका उम्मेदवार बाजीसिँह खड्काले एक हजार १९३ मतले अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका मञ्जु मलासीले ७७७ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा भने एमालेका शिवराज खड्का अग्रस्थानमा छन् । उनले एक हजार ४४ मत पाएका छन् भने नेकाकी प्रसिस महरा ९९९ मतले पछ्याइरहेकी छन् ।

दीपायल सिलगढी नगरपालिका–१ मा एमालेका बहादुर खड्का जितेका छन् भने वडा नं २ मा नेकाका राजेन्द्र खड्काको पूरै प्यानलले जितेको छ ।

शिखर नगरपालिकामा पनि नेकाकै सीताराम जोशीले अग्रता कायम राखिरहेका छन् । उनले एक हजार १०६ प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर मल्लले ९९५ मत ल्याई पछ्याइरहेका छन् ।

उपप्रमुखमा नेकाकी धौलीदेवी रावलले एक हजार ९८ र एमालेकी राधिका बोहराले एक हजार १४ मत प्राप्त गरेकी छन् । शिखरकै वडा नं १ मा नेकाका खडकबहादुर शाहीको पूरै प्यानल जितेको छ । अहिले वडा नं २ र ११ को मतगणना चलिरहेको छ ।
केआइसिंह गाउँपालिकामा नेकाका लोकेन्द्रबहादुर शाहीले एक हजार २९३ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने उपाध्यक्षमा पनि नेकाकै मीना विष्टले एक हजार ३०६ मतका साथ अग्रता कायम गरिरहेकी छन् ।
अध्यक्षमा एमालेका यज्ञराज जोशीले एक हजार २३८ र उपाध्यक्षमा एमालेकै देवकी जोशीले ६८९ मत प्राप्त गरी पछ्याइरहेका छन् । केआइसिँहका वडा नं १, २ र ३ मा क्रमशः नेकाकै कृष्णबहादुर बम, नेत्रबहादुर रावल र रतन कुँवरको पूरै प्यानलले जितेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम