कांग्रेसलाइ ब्रेक गर्दै एमाले अगाडी, अहिले सम्म कसले कहाँ जिते(अपडेट)



हिजो सम्पन्न स्थानीय तहको देस्रो चरणमा भएको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । कांग्रेसले केहि बेर पहिले सम्म लिएको अग्रतालाई एमालेले ब्रेक गरिदिएको छ। एमाले ३८ ठाउमा अगाडी छ भने कांग्रेस ३५ त्यस्तै माओबादी १५ ठाउमा अगाडी छ।राप्रपा २,फोरम ४ र अन्यले ३ स्थानमा अग्रता लिएको छ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका परण बहादुर चन्दको प्यानल विजयी भएको छ ।

चन्दले ४ सय ९२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३ सय २५ मत ल्याउनु भयो । गाउँपालिकाको प्रमुखमा पनि एमालेले नै सुरुवाती अग्रता लिएको जनाएको छ ।पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गर्नुभएको छ ।

यस्तै बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडा नं १ मा नेपाली कांग्रेसका गणेशबहादुर गडाल ४ सय २९ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याउनुभयो । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी हुनुभयो । सो नगरपालिकाको अहिले वडा नं १० को मतगणना भइरहेको छ ।

पुर्चाैडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गर्नुभएको छ ।

बैतडी कै पञ्चेश्वर गाउँपालिकाको वडा नं ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मतसहित विजयी हुनुभएको हो ।

दार्चुलाको लेकम गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दौलतसिंह साउद ४५५ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका चन्द्रसिंह बोहराले २९२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा अजमत डाँगी ३ सय २२ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २ सय २७ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १ सय ९९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै दाङको राप्ती गाउँपालिका वडा नं ९ मा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा रिमबहादुर सुनारी मगर २ सय १ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको हो ।

गढवा गाउँपालिका ८ को वडा अध्यक्षमा पनि नेकपा माओवादी केन्द्रका सद्धाम सिद्दिकी प्यानलसहित १०७ मतसहित विजयी हुनुभएको छ । नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएका छन् ।

यस्तै बाजुराको छेडेदह गाउँपालिका–१ मा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर रावत ६ सय ६१ मतका साथ विजयी हुनु भएको हो ।

यस्तै संखुवासभाको खाँदबारी नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी हुनुभएको छ । उहाँले ५ सय ७५ मत प्राप्त गर्नु भएको थियो ।

उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५ सय २५ मत ल्याउनु भएको थियो भने माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत प्राप्त गर्नु भएको थियो ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर ८ को अधयक्षमा नेकपा माओवादी केन्द्रका मनोज राई प्यानलसहित विजयी हुनु भएको छ ।

उहाँले ३२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाँचकुमार राईले ३१० मत पाउनु भएको छ ।

यस्तै रुपन्देहीको समरीमाइ गाउँपालिका वडा १ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा शिवकुमार यादव ७ सय ४० मतसहित विजयी हुनुभएको हो । उहाँले संघीय समाजवादी फोरमका उम्मेदवारलाई हराउनुभएको हो ।

उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा एमालेका गोविन्द विक्रम सेन र २ मा एमालेकै धर्मराज राईको प्यानल बिजयी । गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारको अग्रता । अध्यक्ष स्वतन्त्र पदम तामाङ २७५, एमाले उद्धबसिंह थापा १९२, कांग्रेस डिकवहादुर ठकुरी १३६ र माओवादी डुंगराज विष्ट १०४ मत  ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्