पञ्चेश्वर बाट प्यानल सहित उदायो राप्रपा



हाम्रो इकोनोमि

बैतडी । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ ।
पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली काँग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा (एमाले)का देवदत्त भट्टले ३३ र नेकपा (माओवादी केन्द्र)का खिमानन्द भट्टले १० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, काँग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गर्नुभएको छ

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...